२८ आश्विन २०८३, बुधबार

सुन्दर देखेर युवकले महिला सांसदलाई नै जिस्काएपछि…(फोटोफिचर सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Alka-Lamba

काठमाडौं । देश बनाउने, शान्ति सुरक्षा दिने काममा जनताको नेतृत्व लिएका नेता नै आजभोली असुरक्षित बन्न थालेका छन् । कार्यकर्ता तथा जनताको प्रतिनिधी भनेर चिनिएका सांसद समेत त्यसको सिकार हुन् थालेका छन् ।

भर्खरै मात्र भारतमा एक सांसद यौन दुव्र्यवहारमा परेकी छिन् । भारतको नयाँदिल्ली स्थित असेंबली एरियामा आम आदमी पार्टीकी महिला सांसद अलका लांबामाथि यौन दुव्र्यवहार गरिएको हो ।

असेंबली एरियामा आयोजित कार्यक्रममा सहभागिता जनाउन गइरहेकी सांसद लांबालाई होम टाउन नजिकै २८ वर्षीय युवकले यौन दुव्र्यवहारको प्रयास गरेको उनले सामाजिक सञ्जाल ट्विटमा लेखेकी छिन् ।

उनले ट्विटमा भनेकी छिन्-‘पहिले मलाई आँखा मार्र्यो, त्यसपछि नजिकै आएर मेरो शरीरमा छोयो । त्यसपछि मैले कसेर थप्पड हाने । अहिले जेल पुग्यो ।’ उनले युवकको नाम खुलाएकी छैनन् । यो घटना विहीबारको हो ।

women-parlymen-7

सांसदमाथि नै यौन दुव्र्यवहारको प्रयास गरेपछि ति युवकलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो । घटनाको अनुसन्धान अनुसार उनको मानसिक सन्तुलन ठिक नभएकाले महिला सांसदमाथि दुव्र्यवहार गरिएको बताइएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार ति युवकलाई उपचारका लागि मानसिक अस्पताल लगिएको छ । महिला संसाद अलकाले युवकको मानसिक उपचार राम्रो गराउन प्रहरीलाई आग्रह गरेकी छिन् ।

women-parlymen-1 women-parlymen-2 women-parlymen-3 women-parlymen-5 women-parlymen-6 women-parlyment