२९ आश्विन २०८३, बिहिबार

माया नै स्वार्थी भएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

photo 1  पाल्पा । सञ्चारकर्मी तथा गीतकार आकाश पन्थ पछिल्लो समयमा मोडलिङमा जम्दै जान थालेका छन् । बुटबलमा रहेर केहि मिडियामा काम गरेर आफुलाई सञ्चारकर्मीका रुपमा परिचित बनाएका पन्थलाई पुन नयाँ म्युजिक भिडियोमा देख्न पाइने भएको छ ।

भर्खरै छायाँकन सकिएको उनकै आधुनिक गीति एल्बम ‘उनको याद’ मा रहेको ‘स्वार्थि रैछ तिम्रो माया मैले जानिन, आफनै मान्थेँ तिमिलाई पराई ठाँनिन’ बोलको गीतको म्युजिकमा उनलाई देखिने भएको हो । उक्त भिडियोमा उनलाई सागर खनाल, दिपा पराजुली र टिका सेन्चुरीले साथ दिएका छन् ।

photo 3बुटवल सालझण्डी लगायतका स्थानको आसपासमा छायाँकन गरिएको म्युजिक भिडियोलाई नयाँपन र नयाँ शैलि दिँदै अगाडी बढेका बिष्णु भटराईले निर्देशन तथा सम्पादन गरेका हुन भने भिडियोलाई दिपेश डिसिले खिचेका हुन ।

आकाँक्षा बश्यालको स्वर, आकाश पन्थ र कल्पना प्रभाकरको शब्द र हेमन्त शिशिरको संगित रहेका म्युजिक भिडियो चाँडै नै बजारमा ल्याउने निर्देशक भट्टराइले बताए ।

photo 2