२९ आश्विन २०८३, बिहिबार

क्यानाडाका राजदुत पोखरेल र आईसीएओका महासचिब बेन्जामिनबीच मन्ट्रीयलमा भेटवार्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 canada 2

– विजय थापा 

वाशिंगटन डिसी । क्यानाडाका लागि नेपाल सरकारका राजदुत कालीप्रसाद पोखरेल र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईसीएओ)का महासचिब रेमण्ड बेन्जामिनबीच मन्ट्रीयलमा भेटवार्ता भएको छ ।

भेटवार्तामा राजदुत पोखरेलले आफ्नो नियुक्तिको प्रमाणपत्र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनका महासचिब रेमण्ड बेन्जामिनलाई हस्तान्तरण गर्नु भएको थियो ।

उक्त हस्तान्तरण कार्यक्रम आईसीएओको प्रधान कार्यालय क्यानाडाको मन्ट्रीयलमा गरिएको थियो । उक्त कार्यक्रममा राजदुत पोखरेल तथा आईसीएओका महासचिब रेमण्ड बेन्जामिन बीच आईसीएओ सम्बन्धि बिबिध पक्षहरुमा छलफल भएको थियो ।

canada 1राजदुत पोखरेलले भेटवार्तामा नेपाल सरकारको हस्तलिखित राहदानीलाई एमआरपी राहदानीले प्रतिस्थापन गर्न गरि रहेका प्रयास तथा सन् २०१५ को नोवेम्बरको समयसीमा र सरकारका चुनौती एवं कठिनाईका बिषयमा आईसीएओका महासचिबलाई जानकारी गराउदै आईसीएओको सहयोग र समझदारीको लागि अनुरोध गर्नुभएको थियो ।

नेपालको हवाई सुरक्षा सम्बन्धि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईसीएओ)को प्रतिबेदनमा सुधार गर्नुपर्ने बिषय तथा क्षेत्रहरुलाई सम्बोधन गर्ने गरि नेपालका हवाई उड्डयन सम्बन्धि निकायले कार्य गरिरहेको जानकारी दिँदै राजदुत पोखरेलले नेपालको अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पर्ने पर्यटन उद्योग सम्बन्धि नेपालको हवाई उड्डयन क्षेत्रको सुधार (आईसीएओ)को सकारात्मक पहल र कदम एवं युरोपिएन युनिएन र युएनडब्लुटिओ संगको सहकार्यमा पनि आईसीएओको सहयोगको लागि समेत अनुरोध गर्नु भएको थियो ।

आईसीएओका महासचिब बेन्जामिनलाई पेस गरेको नियुक्ति प्रमाण–पत्र ग्रहण गर्दै राजदुत पोखरेलले राखेका कुराहरुलाई सकारात्मक लिनु भएको जानकारी नेपाली राजदुतावास ओटावाको छापा बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसै गरि राजदुत पोखरेलले विश्व उर्जा परिषदका प्रमुख म्यारी जोस न्याडेउसंग पनि भेटवार्ता गर्नु भयो । भेटवार्तामा राजदुत पोखरेलले नेपालको जल बिद्युतको विकासमा बैदेशिक लगानीका अवसर र नेपाल सरकारले अवलम्बन गरेका नीतिहरुका बारेमा समेत जानकारी गराउनु भएको थियो ।

canada 3विश्व उर्जा परिषदका प्रमुख म्यारी जोस न्याडेउले जल बिद्युत उत्पादनमा हाईड्रो क्युबेकको अनुभव राम्रो रहेकोले नेपालको जल बिद्युत क्षेत्र उपयुक्त हुन् सक्ने बताउनु भएको थियो । भेटवार्तामा हाईड्रो क्युबेकका अर्का उपाध्यक्ष पिएर लुक डोसंजको पनि उपस्थिति रहेको थियो ।

साथै मन्ट्रीयल भ्रमणका अवसरमा नेपाली समुदायले आयोजना गरेका नया बर्षका कार्यक्रमलाई पनि सम्बोधन गर्नु भएको थियो भने मन्ट्रीयल स्थित कुबेक प्रान्तका लागि नेपालका अवैतनिक बाणिज्य दुतसँग कुबेक प्रान्तमा नेपालको पर्यटन एवं व्यापार अभिवृद्धि गर्ने उद्देश्यले गर्न लागिएको कार्यक्रमका सम्बन्धमा छलफल गर्नु भएको थियो ।

नेपाली दुतावास ओटावाका उप नियोग प्रमुख दिलिप कुमार पौडेल पनि राजदुत पोखरेलको भ्रमणमा सहभागी भएका भएका थिए ।