२९ आश्विन २०८३, बिहिबार

रोनाल्डोको रियल मड्रिड पनि सेमीफाईनलमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

reyal-madridकाठमाडौं, १० वैशाख । च्याम्पियन्स लिग फुटबलको अन्तिम चरणको खेलमा बार्सिलोना पनि सेमीफाइनलमा प्रवेश गरेको छ । साविकको विजेता समेत रहेको रियल जाभियर हर्नान्डेजले खेलको अन्तिममा गरेको गोलको मद्दतमा विजयी भएको हो ।

बुधबार राति भएको दोस्रो लेगको खेलमा रियलले एथ्लेटिको मड्रिडलाई १-–० ले पराजित गर्दै सेमीफाइनलमा स्थान सुरक्षित बनाएको हो ।

सान्टिएगोमा भएको खेलमा ८८ औं मिनेटमा हर्नान्डेजले गोल गरे । उनले रोनाल्डोको पासमा गोल गरेका थिए । उनको गोलमा रियल सेमीफाइनलमा पुगेको हो ।

जितसँगै समग्रमा १-० को जित निकाल्दै रियल मड्रिडले अन्तिम चारमा स्थान बनाएको छ । पहिलो लेग गोलरहित बराबरीमा सकिएको छ ।यसअघि हिजो भएको खेलमा मेस्सीको बार्सिलोना सेमीफाइनल प्रवेश गरिसकेको छ ।