२९ आश्विन २०८३, बिहिबार

श्रीलंकाको पोष्टमा ८ गोल हान्दै नेपाल सेमीफाइनलमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-U-14-Girlsकाठमाडौं, ९ वैशाख । राजधानी काठमाडौंको दशरथ रंगशालामा जारी एएफसी यू–१४ गल्र्स क्षेत्रीय फुटबल च्याम्पियनसिप अन्तर्गत बुधबारको खेलमा श्रीलंकाको पोष्टमा ८ गोल प्रहार गर्दै नेपाल सेमीफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा बुधबारको खेलर्मा शानदार जित हात पार्दै ९ अंकका साथ नेपाल समूह ए को विजेताका रुपमा अन्तिम चारमा पुगेको हो ।

आजको खेलमा नेपाल रेखा रावलको गोलबाट सुरुवात अग्रता लिएको थियो । सुरुवाती अग्रतापछि पहिलो हापमा मनिषा राउतले २ गोल गरिन् । सरु लिम्बुले १ गोल गरेपछि पहिलो हाफमा नेपाल ४–० ले अग्रता लिएको थियो ।

दोस्रो हाफमा निशा थोकरले पहिलो गोल गरिन् । रेखा रावल र सरु लिम्बुले समान १/१ गोल गरे ।  खेलको अन्तिममा रन्जु खड्काले गोल गरेपछि नेपाल ८–० ले विजयी भएको हो । यसअघि नेपालले पहिलो खेलमा इरानलाई ३–२ ले हराएको थियो भने, दोस्रो खेलमा माल्दिभ्सलाई १० गोल हानेको थियो ।

यस्तै, आजै भएको अर्काे खेलमा इरानले भुटान १८–० गोल अन्तरले पराजित गरेको छ । जितसँगै ६ अंक जोडेको इरान समूह उपविजेताका रुपमा अन्तिम चारमा पुगेको छ ।