२९ आश्विन २०८३, बिहिबार

यसरी निर्माण हुँदैछ फाप्ला क्रिकेट मैदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

fapla-cricket-maidan-1धनगढी, ९ वैशाख । धनगढी नगरपालिका–३ बोराडाँडीस्थित फाप्ला मैदानलाई क्रिकेट मैदानका रुपमा विकास गर्न थालिएको ‘ड्रिम फापला’ अभियानलाई क्रिकेट खेलाडीले नगद सहयोग गरेका छन् ।

आगामी पाँच वर्षभित्र ४० हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गर्ने उद्देश्यले थालिएको यो अभियानलाई धनगढी युनाइटेडका खेलाडीले रु २२ हजारको सहयोग गरेका हुन् ।

fapla-cricket-maidanसहयोगी धनगढी युनाइटेडका खेलाडी काठमाडौंमा हालै भएको क्रिकेट लिगमा विजयी भएका थिए । राष्ट्रिय क्रिकेट टोलीका कप्तान प्रकाश खड्काको कप्तानीमा काठमाडौँमा भएको क्रिकेट प्रतियोगितामा भाग लिएका युनाइटेडका खेलाडीमा राजु रिजाल, सुनिल धमला, राजवीर सिंह, सिद्धान्त लोहनी, अमित श्रेष्ठ, राजेश खत्री, विजय राना, विक्रम ठगुन्ना, सौरभ बम, भूपेन्द्र धामी, महेश अधिकारी, चन्दन रावललगायत छन् ।

फाप्ला मैदानलाई क्रिकेट मैदानका रुपमा विकास गरी रङ्गशाला निर्माण गर्न केही दिनअघि सर्भेक्षणको कामसमेत पूरा भइसकेको धनगढी युनाइटेडले जनाएको छ ।

धनगढी नगरपरिषद्को दुई महिनाअघि बसेको बैठकले आगामी वर्षको आफ्नो नीति तथा कार्यक्रममा धनगढीलाई क्रिकेट सहर बनाउने प्रस्ताव समावेश गरेको थियो । रासस