१४ कार्तिक २०८३, शनिबार

कम्युनिष्ट दिवसमा सिपी मैनाली भन्छन्-‘एमालेसँग पार्टी एकता हुन्छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Cp-mainaliतनहुँ, ९ वैशाख । नेकपा मालेका महासचिव सिपी मैनालीले नेकपा एमालेसँग पार्टी एकता हुन सक्ने सम्भावना रहेको बताउनुभएको छ ।

भावनात्मक रुपमा एमालेको बर्तमान नेतृत्वसँग आफु नजिक भएको भन्दै केही सैद्धान्तिक असहमति अन्त भएमा एमालेसँग एकता हुने बताउनुभएको हो । एमाले र मालबीच हाल केही दुरी रहेको तर सैद्धान्तिक रुपमा ति दुरीलाई पर सार्न सके एकता हुनसक्ने मैनालीले प्रष्ट पार्नुभयो ।

तर आफुले चाहँदैमा मात्र पार्टी एकता हुन नसक्ने भन्दै मैनालीले त्यसको लागि राष्ट्रिय सम्मेलनले निर्णय गर्नुपर्ने बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टीको ६७ औं स्थापना दिवसको अवसर पारेर आयोजित नेकपा माले तनहुँको प्रथम जिल्ला सम्मेलनलाई बुधबार दमौलीमा सम्बोधन गर्दै मैनालीले सबै कम्युनिष्टहरुलाई एकैसुत्रमा गाँस्ने जिम्मेबारी एमालेको भएको बताउनुभयो ।

कम्युनिष्ट पार्टीबीचको एकीकरण लाभ, हानी, हित र संख्या हेरेर नहुने भन्दै मैनालीले सिद्धान्त र विचारमा मेल खाए एकता हुन सक्ने प्रष्ट पार्नुभयो । कम्युनिष्टहरु धेरै टुक्रामा विभक्त भएको भन्दै मैनालीले ति विभिन्न टुक्रामा विभाजित कम्युनिष्टहरु मिल्नुको विकल्प नभएको बताउनुभयो ।

एमाले र मालेबीच संघीयता, पहिचान, संविधान निर्माणको सवाल र राज्य पुर्नसंरचनामा एक मत भएको भन्दै तिनै साझा एजेण्डाहरुबाट कार्यगत एकताको मार्ग चित्र खोज्नुपर्ने बताउनुभयो । एमालेका अध्यक्ष केपी ओलीले लिएको तराई र पहाडलाई अलग गर्न नदिने स्पष्ट अडानको आफुहरुले स्वागत गरेको मैनालीले बताउनुभयो ।

नयाँ बर्षको अवसरमा एमाले अध्यक्ष ओलीले झापा आन्दोलनका सहयात्रीहरुलाई एकै थलोमा जम्मा गरेको स्मरण गर्दै झापा आन्दोलनका नायक मैनालीले त्यस थलोमा कम्युनिष्ट आन्दोलनको निकै समिक्षा भएको बताउनुभयो । संविधानसभामा कम्युनिष्टहरु बहुमतमा भएपनि एक अपासमा मेल नहुँदा कम्युनिष्ट पक्षीय संविधान निर्माण गर्न नसकिएको मैनालीको भनाई थियो ।