१४ कार्तिक २०८३, शनिबार

विवादित विषय थाती राखेर संविधान जारी गरौं : नेता देउवा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sher-Bahadur-Deubaभीमदत्तनगर, ९ वैशाख । पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सङ्घीयतालगायत विवादित विषय थाती राखेर भए पनि संविधान जारी गर्नुपर्नेमा जोड दिनुभएको छ ।

उहाँले पछिल्लो समय दलहरुबीच सहमतिको वातावरण बनेकाले संविधान चाँडै जारी हुने विश्वाससमेत व्यक्त गर्नुभयो ।

नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले आज बिहान महेन्द्रनगरमा आयोजना गरेको पत्रकारसम्मेलनमा उहाँले सङ्घीयताका विषयमा देशभर अलग–अलग धारणा आइरहेको बताउनुभयो ।

“विवाद सङ्घीयताका विषयमा बढी छ,” उहाँले भन्नुभयो – “शासकीय स्वरुपलगायत विषयमा सहमति भइसकेको छ ।”

उहाँले सङ्घीयताको विषय आयोगमार्फत टुङ्ग्याउने गरेर भए पनि संविधान जारी गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । । “मैले त असहमतिका विषय छाडेर पनि संविधान जारी गरौँ भनेको हुँ,” उहाँले भन्नुभयो – “सङ्घीयताको विषयमा पछि पनि समाधान खोज्न सकिन्छ ।”

प्रमुख दलहरुबीच सहमति भइसकेको विषय मस्यौदा समितिमा पठाउने सहमति बनिइसकेको बताउँदै उहाँले संविधान निर्माणमा ढिलाइ गर्न नहुने धारणा राख्नुभयो ।

अर्को एक प्रसङ्गमा उहाँले सुदूरपश्चिममा निर्माण हुन लागेको पञ्चेश्वर परियोजनाले सुदूरपश्चिमवासीलाई फाइदा पुग्ने बताउनुभयो । रासस