१४ कार्तिक २०८३, शनिबार

विश्व रेकर्ड बनाउन ८३ बर्षीय शेरचन जोसिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

min-bahadur-sherchan

विश्वास खड्काथोकी

काठमाडौँ, ९ वैशाख । उनी कार्यक्रममा आए अनि करिव दुई दर्जन पत्रकारसँग डरो गरी हात मिलाए । उनको शरिमा यस्तो उर्जा र चमक देखिन्थ्यो, मानौँ उनी भर्खर २५, २६ वर्षका युवा हुन् । तर उमेर भने ८३ वर्ष ९ महिना कटिसकेको छ । बोलीमा पनि उत्तिकै फुर्ती र दम छ । यही फुर्तिले नै उनलाई यो उमेरमा पनि सगरमाथा चढाउँदै छ ।

प्रसंग हो सगरमाथा आरोही म्याग्दी भुरुङ तातोपानीका मीनबहादुर शेरचनको । उनी उमेरले त बुढो भैसके, तर उमेरलाई उनको दृढ इच्छाशक्तिले च्यालेन्ज दिइरहेको छ । उनी फेरि पनि विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्दैछन्, र विश्व गिनिज बुकमा नाम लेखाउँदै छन् । जुन यात्रा यही शुक्रबारबाट काठमाडौँबाट सुरु हुँदैछ । स्वभाविक प्रश्न उठ्छ, यत्तिको उमेरमा पनि कसरी सगरमाथा चढ्लान र ? तर उनी भने दर्बिलो आत्मविश्वास प्रकट गर्छन । उनले दैनिक नेपालसँग भने, ‘म सगरमाथा पुगेर फर्किनेछु, बरु सगरमाथा ढल्ला म ढल्दिन ।’

उनको लागि सगरमाथा आरोहण नौलो होइन । ७६ वर्षको उमेरमा पनि उनी सगरमाथाको चुचुरोमा पुगेर विश्वलाई नियालिसकेका छन् । र गिनिज बुकमा पनि आफ्नो उपस्थिति जनाइसकेका छन् । जब उनको रेकर्डलाई ८० बर्षीय जापानिज नागरिक युचिरो म्युराले तोडे । जसका कारण पनि मीनबहादुर सगरमाथा उक्लन कस्सिएका छन् । सगरमाथा आरोहणलाई सफल पार्न होला । उनी दैनिक ३० किलोको बोरा बोकेर आफ्नो घरको तल–माथि गरिरहन्छन् ।

नेपाल आमालाई खुसी पार्न पनि सगरमाथा चढ्द लागेको शेरचन बताउँछन् । उनले भने, ‘मेरो उद्देश्य भनेको सगरमाथा चढेर बहादुरी देखाउने मात्र होइन । मेरा तीन आमा छन् । जन्म दिने, कर्म दिने र पृथ्वी आमा । पृथ्वी आमाको रक्षाको लागि म सगरमाथा चढ्दैछन ।’

उनले विश्व शान्ति फैलाउन र सन्देश दिनको लागि पनि सगरमाथा चढ्ने दृढ संकल्प गरेका छन् । भन्छन्, ‘मेरो सगरमाथा आरोहणले बृद्ध बृद्धाहरुलाई साहस, युवाहरुलाई उत्साह र सबैलाई लक्ष्यमा पुग्ने प्रेरणा मिल्नेछ ।’

जापानीज नागरिकले सगरमाथा आरोहण गरे लगत्तै उनले सगरमाथा चढ्ने संकल्प नगरेका होइनन् । उनी २०१३ मै सगरमाथा चढ्नको लागि बेस क्याम्प पुगिसकेका थिए । तर त्यतिवेला उनी सगरमाथा चढ्न असमर्थ बने । उनी आफै त्यतिवेला पीडा सुनाउँछन्, ‘मे २ मा सबै तयारी पुग्यो भनेर म लुक्ला गएँ । २० गते सगरमाथा चढ््ने भनेर सबै तयारी गरेको थिएँ । तर मलाई बेस क्याम्पमा पर्खाएर गएको मान्छे अर्कोलाई सगरमाथा चढाएर मात्र फर्कियो । खासमा मलाई सरकारले पनि ढाँटेको रहेछ । २४ तारिख मात्र सगरमाथा चढ्ने इजाजत रहेछ । पछि २७ तारिकमा चढ्ने कुरा भएको थियो । २९ तारिखमा त सरकारले सगरमाथा चढ्नै रोक्का गरिदियो । अन्तर्राष्ट्रिय मिडियामा भने विरामी भएर सगरमाथा चढ्न सकेनन् भनेर मेरो बेइज्जत गरिएछ ।’

मीनबहादुरको आरोहणमा निकै चुनौती रहेको उनलाई सगरमाथा चढाउने प्राविधिक र व्यवसायिक जिम्मा लिएको हिमालयन गाइड्स नेपालका निर्देशक इश्वरी पौडेल बताउँछन् । उनले भने, उहाँलाई सगरमाथा चढाउन निकै च्यालेन्जिङ र खर्चिलो छ । त्यसका लागि हामीले पाँच बटल अक्सिजन लाग्नेमा १० बटल अक्सिजनको व्यवस्था गरेका छौँ । विशेष व्यवस्थाको साथ हामीले उहाँलाई सगरमाथा चढाउँदैछौँ । ७५ लाखको बजेटमा मीनवहादुरलाई सगरमाथा चढाउन लागेको उनले जानकारी दिए । मीनवहादुर आगामी ३५ दिन भित्रमा सगरमाथा चढेर काठ्माडौं आइपुग्ने पनि उनले जानकारी दिए ।

गैरआवासीय नेपाली संघ युकेको आर्थिक सहयोगमा मीनवहादुर सगरमाथा चढ्न लागेका हुन् । मीनबहादुरको आरोहण सहयोगीको रुपमा मिङ्मा दोर्जे, मिङ्मा तेन्जी शेर्पा, दावा ग्यान्जेङ शेर्पा, छेतोन शेर्पा, शिव सापकोटा रहेका छन् । उनले ७५ हजारमा सरकारी इजाजत पत्र लिएर सगरमाथा चढ्न लागेका हुन् । सगरमाथा आरोहणको लागि सरकारले कुनै पनि सहयोग नगरेकोमा भने मीनबहादुरले दुःख व्यक्त गरे ।
बुधबार एक कार्यक्रमका बीच नेकपा एमाले निकट पर्यटन प्रबद्र्धन विभाग प्रमुख सूर्य थापा, पत्रकार महासंघका महासचिव उजिर मगर, गैरआवासीय नेपाली संघ (एनआरएनए)का अन्तराष्ट्रिय समितिका सदस्य, सुष्मा राई, एनआएन बेलायतका कल्पना आङबुहाङ, थकाली सेवा समाजका अध्यक्ष खगेन्द्र भट्टचनले लगायतले सफलताको शुभकामना प्रदान गरेका छन् ।