२९ आश्विन २०८३, बिहिबार

आईपीएलमा शिर्ष स्थानमा रहेको राजस्थानको पहिलो हार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ipl-cricket-punjab

काठमाडौं, ९ वैशाख । भारतमा जारी अठौं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शिर्ष स्थानमा रहेको राजस्थान रोयल्स मंगलबार मंगलबार सँग सुपर ओभरमा पराजित भएको छ ।

मंगलबार राति भारतको अहमदावाद क्रिकेट मैदानमा भएको खेलमा निर्धारित खेलपछि सुपरओभरमा किंग्स ११ पञ्जावले रोमाञ्चक जित दर्ता गरेको हो ।

टस हारेर सुरुमा ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९१ रन बनाएको थियो । राजस्थानका लागि अजिन्का रहाणेले सर्वाधिक ७४ रन बनाएका थिए । यस्तै सेन वाट्सनले ४५ रन बनाएका थिए ।

१९२ रनको विजयी लक्ष्य लिएर मैदानमा आएको पञ्जाव २० ओभरमा ६ विकेट गुमाएर १९१ रनमै समेटिएछि खेल टाइ भएको थियो । पञ्जावका लागि सहन मार्सले ६५ रनको योगदान दिए । यस्तै डेभिड मिलरले ५४ रन बनाएका थिए ।

खेलमा सुपर ओभरमा पञ्जावले जित हात पारेको हो । पहिले ब्याटिङ गरेको पञ्जावले १५ रन बनाए थियो । जवाफमा राजस्थान तेस्रो बलमै ६ रनमा समेटिएको थियो ।

आजको जितसँगै पञ्जावले चार खेलमा पहिलो जित हात पारेको छ । शीर्ष स्थानमा रहेको राजस्तान ६ खेलबाट १० अंकसहित शीर्ष स्थानमा कायमै छ ।

दोस्रो स्थानमा चेन्नई तथा तेस्रोमा कोलकोत्ता समान ४ खेलबाट ६ अंक जोडेका छन् । आईपीएल क्रिकेट गत अप्रिल ८ बाट सुरु भएको हो ।