काठमाडौं, ८ वैशाख । सोमबारदेखि राजधानी काठमाडौंमा सुरु भएको एएफसी यू-१४ गर्ल्स क्षेत्रीय फुटबल च्याम्पियनसिपमा नेपालले दोस्रो जित हात पारेको छ ।
मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालनामा भएको खेलमा नेपालले माल्दिभ्सलाई १० गोलले पराजित गर्दै शानदार जित हात पारेको हो ।
पहिलो हापमा रेखा पौडेल ३, मनिशा राउत १ र मन्जली कुमारी १ गोलको मद्दतमा नेपालले माल्दिभ्सलाई पाँच गोल प्रहार गरेको थियो ।
दोस्रो हापमा संजना लावती १, निर्मला उपाध्याय ४ गोल प्रहार गरेपछि नेपाल १०-० गोल अन्तरले विजयी भयो । मंगलबारको खेलमा नेपालले माल्दिभ्सको पोष्टमा गोलको वर्षा नै गर्यो ।
साविकको विजेता नेपालले आफ्नो पहिलो खेलमा मंगलबार इरानलाई ३-२ गोल अन्तरले पराजित गरेको थियो ।
मंगलबार नै भएको अर्को खेलमा इरानले श्रीलंकालाई ११-० ले पराजित गरेको छ भने भारत र बंगलादेशले १-१ को बराबरी खेलेको छ ।















प्रतिक्रिया