काठमाडौं । संसारकै शक्तिशाली देश अमेरिकाका राष्ट्रपति बाराक ओबामाका भाइ जर्ज ओबामा केन्याको फोहर बस्ती स्लममा बस्दै आएको पाइएको छ ।
जर्ज ओबामा र बाराक ओबामाका बाबु एउटै हुन् । ओबामाकी आमाले भने एक इन्डोनेसियालीसँग दोस्रो बिहे गरेकी थिइन् । यत्रो वर्षसम्म गुमनाम जर्ज ओबामालाई एउटा वृत्तचित्र निर्देशकले केन्या गएर खोजेका हुन् ।
उनका भाइ जर्जले आफ्नो अमेरिकाको राष्ट्रपति भएपनि मलाई ती शक्तिशाली दाजुको कुनै सहयोग चाहिदैन भनेका छन् । बाराक ओबामाका पिता अर्थशास्त्री र प्राज्ञ थिए ।
उनकी चार पत्नी थिइन् । ती मध्ये मानवशास्त्री एन डन्हाम राष्ट्रपति ओबामाकी आमा हुन् भने जाएल ओटाइनो जर्ज ओबामाकी आमा हुन् । एजेन्सी













प्रतिक्रिया