काठमाडौं, ८ वैशाख । भारतमा जारी आठौं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले दिल्ली डेयरडेभिल्सलाई ६ विकेटले पराजित गरेको छ ।
दिल्लीले प्रस्तुत गरेको १४७ रनको लक्ष्य कोलकत्ताले १८.१ ओभरमा ४ विकेटको क्षतिमा भेट्टाएको थियो । कोलकत्ताका गौतम गाम्भीर ६० रनमा अविजित रहदा युसुफ पठानले अविजित ४० रनको पारी खेले । सूर्यकुमार यादवले २४ रन जोडे ।
यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १४६ रन बनाएको थियो । उसको सुरुवात राम्रो हुन सकेन । पहिलो विकेटका रुपमा मयंक अग्रवाल मात्र १ रनमा आउट भए ।
दोस्रो विकेटका रुपमा जेपी डुमिनी ५ रनमा आउट हुँदा टीमको स्कोर २२ रन थियो । मनोज तिवारीले ३२, श्रेयस अथ्यरले ३१, एन्जेलो म्याथुले २८ रन जोडे । युवराज सिंहले २१ रनमा आउट भए ।
दिल्लीलाई सस्तैमा समेट्ने क्रमा उमेश यादव, मार्ने मोर्केल र पियुष चावलाले समान २–२ विकेट लिए । यो सँगै साहरुखको टि कोलकत्ताले आईपीएलमा पाँच खेलमध्ये चार खेलमा जित हात पारेको छ । एजेन्सी
















प्रतिक्रिया