२ कार्तिक २०८३, सोमबार

लोकमानले अख्तियारमा किन पदको दुरुपयोग गर्दै छन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lokman-singh-karkiकाठमाडौं, ८ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कानुनी व्यवस्थाबिनै प्रमुख सल्लाहकारसहित ठूलो संख्यामा विज्ञ नियुक्त गरी लामो समयदेखि तलवसुविधा दिँदै आएको पाइएको छ ।

प्रमुख आयुक्त लोकमानसिंह कार्कीले केशव भट्टराईलाई प्रमुख सल्लाहकार नियुक्त गरी विशिष्ट श्रेणीसरहको तलवसुविधा दिइरहेका छन् ।

अख्तियारमा प्रमुख सल्लाहकार या सल्लाहकार राख्ने कानुनी व्यवस्था छैन ।

कार्कीले विज्ञका नाममा दर्जजभन्दा बढीलाई जागिर दिएको कान्तिपुर दैनिकले छापेको छ ।