२९ आश्विन २०८३, बिहिबार

ह्वाइट हाउसमा क्रिकेट कप्तान पारस र पूर्व कप्तान विनोद सम्मानित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

paras-binodकाठमाडौँ, ७ वैशाख । स्थानीय तीनकुनेस्थित रहेको हिमालयन ह्वाइट हाउस कलेजले राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का तथा पूर्वकप्तान विनोद दासलाई आज रु दुई दुई लाखसहित सम्मान गरेको छ ।

आफ्नो १४ औँ वार्षिकोत्सवको अवसरमा कलेजमा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत युवराज शर्माले उहाँहरुलाई सो सम्मान प्रदान गर्नुभयो ।

कार्यक्रममा त्यहाँ स्नातकोत्तर अध्ययनरत दासलाई दुई वर्षका लागि सद्भावना राजदूत नियुक्त गरिएको घोषणा गरियो । त्यसबापत दासले प्रत्येक वर्ष रु दुई लाख पाउनुहुनेछ । कप्तान खड्का पनि ह्वाइट हाउसकै पूर्वविद्यार्थी हुनुहन्छ ।

दासले क्रिकेटका राष्ट्रिय खेलाडीसँग ह्वाइट हाउसको प्रगाढ सम्बन्ध रहेको उल्लेख गर्दै भन्नुभयो, “यस्ता सम्मानले राम्रा खेलाडी उत्पादन गर्न हौसला प्रदान गर्छ ।” कप्तान खड्काले ह्वाइट हाउस क्रिकेटको क्षेत्रका लागि अग्रणी कलेज रहेको बताउनुभयो ।