२९ आश्विन २०८३, बिहिबार

बलिउडमा यस्तो पनि : आमाले आइटम डान्स गर्ने, छोराले हेरेर मस्ती गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

malaika-aroraमुम्बई । भारतका कलाकारलाई विकसित मानिन्छ । भारतको चलचित्र बजार बलिउडमा रहेका अधिकांश कलाकारहरु कुनै पनि कञ्जस्याई नगरी आफ्नो कला प्रस्तुत गर्दछन् ।

यहाँ सम्मकी बलिउडका हिरोइनहरु आफ्नै छोराका अगाडी आइटम डान्स समेत गर्छन् । बलिउडकी चर्चित नायिका मलाइका अरोड़ा खानले हालै एक कार्यक्रममा यस्तो खुलासा गरेकी हुन् ।

उनले आफ्नो छोरालाई मनोरञ्जन दिन छोराकै कोठामा आइटम डान्स गरिदिने गरेको बताईन् । ‘म मेरो छोराको लागि आइटम डान्स गर्छु, अन्य चलचित्रमा पनि डान्स गरकै हुन्छु, यसले म मेरो छोरालाई कुनै फरक पर्दैन ।’ अरोडाले भनेकी छिन् ।

तर, आइटम डान्स उनले मन पराएको गीतमा मात्रै हुनुपर्छ । सबैखाले गीतमा उनले डान्स गर्दिनन् । उनले आइटम डान्सलाई बलिउडमा हेर्ने दृष्टिकोण गलत भएको भन्दै गुनासो समेत गरेकी छिन् । एजेन्सी