२९ आश्विन २०८३, बिहिबार

पहिलोपटक नै राजेश हमाल जाइलाग्दा….

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Niranjan-rajesh

– कमलराज भट्ट

काठमाडौं । कराँतेमा उनले एउटा होइन्, थ्री डन उपाधि पाएका छन् । तर उनी खेलमा मात्र खुम्चिएका छैनन् । चलचित्र नगरीमा पनि उत्तिकै सक्रिय छन् । त्यसैले त आउँदै छ फिल्म ‘मिसन खेलाडी’ ।

खेलाडीको मिसन अरु चलचित्रमा नआएका होइनन् । कराँते, बक्सरदेखि कैयौ खेलहरुका कथा अटाएका छन् नेपाली फिल्महरुमा । तर न त्यस्ता फिल्मका कथा खेलाडीले लेखेका हुन्, न त खेलाडीले नै ती फिल्महरुलाई निर्माण गरेका हुन् । ट्रेन ब्रेक गर्दै थ्री डनवाला निरञ्जन थापाले मिसन खेलाडी नामक फिल्म निर्माण गरेका छन् । जसमा कथा र निर्देशन पनि उनकै रहेको छ ।

निरञ्जनले एकै पटक चलचित्रको डाइरेक्सनमा आँखा गाडेका पनि होइनन् । फिल्मी क्षेत्रमा लामो समयदेखि संघर्षरत निरञ्जनसँग फिल्मी रफ्तारको पनि आफ्नै राम कहानी छ ।

rajendra-niranjanउनलाई चलचित्र नगरीमा पाईला टेकाउने व्यक्ति चर्चीत द्धन्द्ध निर्देशक राजेन्द्र खड्की हुन् । कराँते प्रशिक्षक निरञ्जन १० वर्ष पहिले राजेन्द्रको नजरमा परेका थिए । फिल्म सुटिङको लागि महेन्द्रनगर पुगेका राजेन्द्र खड्की कराँते खेल्दै गरेका निरञ्जनको एक्सनबाट प्रभावित भए । जसको परिणाम निरञ्जनले चलचित्र ‘ट्याक्सी ड्राइभर’मा अभिनय गर्ने चान्स पाए । पछि खड्कीकै सहयोगी बनेर दर्जन बढी चलचित्रमा खलनायक तथा द्धन्द्ध निर्देशकनमा काम गरे । सानो सानो भुमिका निर्वाह गर्न पनि पछि नपर्ने निरञ्जन अहिले भने फिल्म निर्देशकको रुपमा उदाएका छन् । उनको उदयी कत्तिको चम्कीलो हुन्छ त्यो भने हेर्न बाँकी छ ।

Niranjan-birajसुदूरपश्चिमबाट क्षेत्रीय तथा राष्ट्रिय खेलहरुमा पदक जितेका निरञ्जनसँग खेल्न सिकाइदिनु पर्‍यो भनेर हत्ते गर्नेहरु धेरै छन् । कराँते खेलमा २२ वर्ष विताएका उनी भने चलचित्रको लागि मरिहत्ते गरिरहेका छन् । हुन त उनले उत्पादन गरेका खेलाडीले राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत सहभागिता जनाएका छन्, अधिकांश खेल प्रशिक्षक छन् । सिंगो सुदूरपश्चिममा निरञ्जन कुशल प्रशिक्षकका रुपमा परिचित छन् ।

सिन्धुपाल्चोक चौतारा ९ मा जन्मिएर सुदूरपश्चिमको महेन्द्रनगरमा हुर्किएका निरञ्जनले राजेन्द्र खड्कीको सहयोगमा ‘हामी ट्याक्सी ड्राइभर’बाट फिल्म नगरीमा पाइला राखेका थिए । पहिलो पाइलामै उनले राजेश हमालको सहयोगी बनेर खलनायकसँग फाइट गर्ने शौभाग्य पाए । त्यसपछि नायक विराज भट्ट, राजेन्द्र खड्की, लगायत थुप्रैसँग काम गर्ने अवसर पाए । ‘त्यस बेला काम सिक्न तर्फ लागे । जसका कारण अहिले चलचित्र निर्माण गर्न सक्ने भएको छु’ निरञ्जनले भने । खेलाडीकै जीवनलाई आधार बनाएर फिल्म निर्माण गरेको उनी बताउँछन् । आफु पनि खेलाडी भएकाले हरेक खेलाडीको जीवनमा घट्ने पारिवारिक घटना र खेलाडीको दयनिय अवस्थालाई फिल्ममा उतारेको उनी बताउँछन् । थप्छन्, ‘एउटा सक्षम खेलाडी गुण्डा बन्नुपर्ने अवस्थालाई पनि फिल्ममा चित्रण गरिएको छ ।’

IMG_1862रोचक कुरा त उनको फिल्मका अधिकांश पात्रहरु खेलाडी नै छन् । कराँते, तेक्वान्दो, भलिबल, फुटबल, एथ्लेटिक, हुस्सु, बक्सिङ लगायतको खेलाडी र प्रशिक्षकले चलचित्रमा अभिनय गरेको उनी बताउँछन् । आफ्नो चलचित्र नाफा मुखी भन्दा पनि खेल क्षेत्रको विकासका लागि निर्माण गरेको उनको स्पष्टोक्ती छ ।

‘मिसन खेलाडी’को छायांकन गत साउनदेखि सुरु भएको थियो । सिन्धुपाल्चोकको चौतारा, काठमाडौं रंगशाला, शामाकोसी, गोदावरीमा, सुन्दरीजल, बालाजु, बनस्थलीमा आठ महिना लगाएर चलचित्रको छायांकन सक्काएको निरञ्जनले बताए ।
निर्देशक निरञ्जन थापाले चलचित्रमा आफै पनि अभिनय गरेका छन् । पृथ्वी श्रेष्ठ, श्याम सुनुवार, गणेश तिवारी, नमाज मास्के, राजन श्रेष्ठ, दिलबहादुर माझीले पनि अभिनय गरेका छन् । यस्तै सुदूरपश्चिमकी मोडल खुसी खड्काले चलचित्रमा नायिकाको भुमिका निर्वाह गरेकी छिन् । कञ्चनपुरका पत्रकार हरिश नगालले सह–नायकको भुमिका निभाएका छन् ।

mission-kheladi अतिथि कलाकारमा नायिका सुष्मा कार्की, एसियाड पदकधारी, विमला तामाङ, पूजा राई, बाल कलाकार दिक्षित थापा, परिवर्तन श्रेष्ठ, श्रृष्टि गुरुङ रहेका छन् । चलचित्र ‘मिसन खेलाडी’मा शंकर महर्जनले द्वन्द्व निर्देशन गरेका छन् । चलचित्रको निर्माण ज्योती थापा, सुशील शाही र नकुल शाहीले गरेका हुन् ।

फिल्ममा केशव अधिकारी र दिनेश लामाको छायाँकन, राजेश पायल राई, रमन गायक र रोशनी अधिकारीको स्वर रहेको छ । यस चलचित्रलाई वैशाखमै प्रदर्शन गर्ने तयारी भइरहेको पनि उनले बताए ।