लस एञ्जलस । सार्वजनिक तस्बिरका कारण पटक पटक बिवाद तथा चर्चामा रहने हलिउड अभिनेत्री एवम् मोडल केली बु्रकका केही निजी तस्बिरहरु फेरि लिक भएको छ ।
साइबर ह्याकरहरुले केलीका गोप्य नाङ्गा तस्बिरहरु चोरी गरेर इन्टरनेटमा राखिदिएको अनलाई मिडिया मेट्रो डटकम डटले जनाएको छ । नितान्त ब्यक्तिगत नाङ्गा तस्बिर लिक भएपछि केली तनाबमा देखिएकी छिन् ।
केलीका तस्बिर लिक गर्न ह््याकरहरुकै समुह लागेको छ । उनका ३४ वटा तस्बिरहरु अहिले लिक गरिएको छ । केलीका यस्ता नाङ्गो तस्बिर लिक भएको यो दोस्रो पटक हो ।
केलीले हाल ‘वान बिग हैप्पी’ अभिनयरत छिन् । साइबर ह्याकरहरुले केलीका साथै अन्य थुप्रै नाम चलेका अभिनेत्री र मोडलहरूका नाङ्गा तस्बिरहरू सार्वजनिक गरिदिएको समाचारमा उल्लेख छ । एजेन्सी

















प्रतिक्रिया