२९ आश्विन २०८३, बिहिबार

यूएईमा कोहिनुर हेर्नेको भिड, दर्शकले रुँदै सम्झिए स्व. नायक श्रीकृष्णलाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kohinoorकाठमाडौ । स्वदेशमा राम्रो ब्यवसाय गरेको चलचित्र कोहिनुर हेर्न युएईको दुबईमा पनि दर्शक ओहिरीएका छन् । दुबईको गोल्डेन चलचित्र भवनमा गरिएको प्रिमिएरमा दर्शक हाउसफुल भएको निर्माण पक्षले जानकारी दिएको छ ।

कोहिनुर हेर्न आउने दर्शकको भीड अत्यधिक भएको चलचित्र हर्न पुगेकी गुल्मीकी सावित्री ज्ञवालीले बताइन् । उनले भनिन् ‘ आफ्नो जीवनकै सबै भन्दा उत्कृष्ट नेपाली चलचित्र हेर्न पाए ।’ चलचित्र हेर्दा श्रीकृष्ण श्रेष्ठको मात्र सम्झनाका अलवा आफूजस्तै चेलीको कथा बोकेको लागेको उनले खुलाइन् ।

युएईको आधिकारिक वितरक एभरेष्ट इन्टरनेशनल कन्सल्टेन्सीका प्रोपाइटर शालिक सुवेदी र ग्लोबल ब्रिज कन्सल्टेन्सीका प्रोपाइटर ज्ञानेन्द बहादुर कार्कीको पहलमा कोहिनुर युएईम प्रर्दशन भएको हो ।

प्रदर्शनिमा स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको सम्झनामा मौन धारणा समेत गरिएको थियो । चलचित्रमा श्रीकृष्ण श्रेष्ठ र स्वेता खड्का मुख्य भुमिकामा रहेका छन् भने निर्माण पनि यी दुबैले मिलेर गरेका हुन् ।