काठमाडौं, ७ वैशाख । भारतमा जारी आठौं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिता मुम्बई इण्डियन्सले पहिलो जित हात पारेको छ ।
अप्रिल ८ बाट सुरु भएको खेलमा यसअघिका चार खेलमा हार व्यहोरेको मुम्बईले आइतबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई १८ रनले पराजित गरेको हो ।
बैंग्लोरको चिन्नास्वामी स्टेडियममा पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर २०९ रन बनायो । उसका लागि ओपनर लेन्डल सिमन्सले ५९ रन बनाए भने उन्मुक्त चन्दले ५८ रन जोडे ।
रोहित शर्माले ४२ रन जोडे । बैंग्लोरका डेभिड वाइजले ४ विकेट लिए भने एस चाहलले २ विकेट लिए । जवाफमा मैदान उत्रिएको घरेलु टोलीले २० ओभरमा ७ विकेट गुमाएर १९१ रन मात्र बनाउन सक्यो ।
उसका लागि डेभिड वाइजले अविजित ४७ रन जोडे भने एबी डिभिलियर्सले ४१ रन बनाए । मुम्बईका हरभजन सिंहले ३ विकेट लिए । गएको सिजनमा मुम्बई लगातार सुरुवाती पाँच खेल हारेको थियो ।















प्रतिक्रिया