काठमाडौँ, ७ वैशाख । म्यानपावर व्यवसायीहरुको साझा संस्था वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष सोमलाल बाटाजुको निधन भएको छ ।
टोखास्थित ग्राण्डी अस्पतालमा उपचार गराइरहेका बाटाजुको राति १ बजेर २० मिनेटमा निधन भएको ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर चक्रराज पाण्डेले जानकारी दिएका छन् । उनी स्वाइन फ्लुको आशंकामा एक हप्ता अघि अस्पताल भर्ना भएका थिए ।
अस्पतालमा भर्ना हुन आउँदा नै गम्भिर अवस्थामा आएको तथा स्वाइन फ्लुको संक्रमणले कडा निमोनिया भएको र मल्टिपल अर्गान फेलियरका कारण बाटाजुको निधन भएको डा पाण्डेको भनाइ छ ।
अवस्था गम्भीर बन्दै गएपछि भारतबाट एयर एम्बुलेन्स मगाइएको थियो । तर,स्वाइन फ्लु प्रमाणित भएपछि भारतले एयर एम्बुलेन्स आउन समेत नदिएको परिवारजनको भनाइ छ । ५६ बर्षीय बाटाजुको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिँदैछ ।
बाटाजुवैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष समेत रहेका बाटाजु नेपालकै अग्रणी एसओएस म्यानपावरसहित आधा दर्जन व्यवसायमा संलग्न थिए ।
बाटाजु यही वैशाख २५ गते हुन लागेको वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनको समेत प्रमुख निर्वाचन अधिकृत थिए । बाटाजुको निधनले निर्वाचन भने नरोकिने भएको छ ।
















प्रतिक्रिया