२ कार्तिक २०८३, सोमबार

एमआरपी तीन दिन भित्र दिन निर्देशन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Passport MRP Nepalकाठमाडौं, ७ वैशाख । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जिल्ला प्रशासन कार्यालयमा मेसिन रिडेवल पासपोर्ट (एमआरपी) पुगेको तीन दिन भित्र सर्वसाधारणलाई उपलब्ध गराउन निर्देशन दिएको छ ।

जिल्लामा सर्वसाधारणले समयमै पासपोर्ट नपाएको गुनासो आउन थालेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले त्यस्तो निर्देशन दिएको हो ।

प्रधानमन्त्री कार्यालयले जिल्लामा पुगेको राहदानी समयमा वितरण नभए कारबाही गर्ने चेतावनीसमेत जिल्ला प्रशासन कार्यालयहरूलार्य दिएको छ ।

ल्लामा पुगेर पनि पासपोर्ट समयमै वितरण नभएको गुनासो धेरै आएपछि प्रधानमन्त्री कार्यालयको ध्यानाकर्षण भएको कान्तिपुर दैनिकले छापेको छ ।