२९ आश्विन २०८३, बिहिबार

कतारका व्यापारी शर्मासँग रेखा किन गईन् चितवन ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rekha-thapa-1

चितवन, ६ वैशाख । कलिउडकी चर्चित नायिका रेखा थापा कतारका प्रतिष्ठित नेपाली मुलका व्यापारीसँग चितवन पुगेकी छिन् । कतारका व्यापारी आरके शर्मासँग नायिका थापा चितवन गएकी हुन् ।

पूर्वी चितवनको रत्ननगर-१० मंगलपुरमा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रलाई सहयोग गर्न नायिका रेखा थापा गैरआवासीय नेपाली संघ कतारका सल्लाहाकार समेत रहेका प्रतिष्ठित व्यापारी शर्मासँग चितवन गएका हुन् ।

नायिका थापा सहितको टिमले चेपाङका बालिबालिकालाई खाने तेल र एवम् चामल सहयोग गरेका छन् । केन्द्रमा आयोजित कार्यक्रममा अभिनेत्री थापाले चेपाङ वालवालिकाको लागि आश्रम स्थापना गरी विपन्न र विकटका वालवालिकालाई शिक्षा दिलाउने केन्द्रलाई फेरि पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले दुई महिनाको लागि दुई सय लिटर तोरीको तेल सहयोग गरेकी हुन् । त्यस्तै गैरआवासीय नेपाली संघ कतारका सल्लाहकार एवम् व्यवसायी आरके शर्माले वालवालिकाको लागि दुई महिनालाई पुग्ने २१ क्वीन्टल चामल सहयोग गरेका छन् ।

साथै शर्माले वालवालिकाको लागि किताब राख्ने झोला र खाजा समेत सहयोग गरेका छन् । कार्यक्रममा केन्द्रका अध्यक्ष केपीकिरण शर्माले नायिका रेखा थापा र आरके शर्माको सहयोग केन्द्रका लागि सबै भन्दा ठुलो भएको बताए । यसैबीच नायिका थापा र गैरआवासीय नेपाली संघ कतारका सल्लाहाकार आरके शर्मा केन्द्रको सदस्य समेत बनेका छन् ।

Rekha-thapa  Rekha-thapa-2 Rekha-thapa-3 Rekha-thapa-4