– दिल कुमार श्रेष्ठ
दोहा, कतार । प्रवासी नेपाली मञ्च कतारले पछिल्लो महाधिवेशन पछि निस्क्रिय रहदै आएका इलाका कमिटीलाई पुर्नगठन गरेको छ । मञ्चले २,३,४ र ५ गरी ४ वटा इलाका पुर्नगठन गरको छ ।
मञ्चको चौथो महाधिवेशन भन्दा अगाडी रहेका संरचनाबाट मुख्य-मुख्य पदका जिम्मेवार व्यक्तिहरु राष्ट्रिय कमिटीमा पुगे पछि केहि समयदेखि इलाका निस्क्रिय रहदै आएको थियो ।
मञ्चले अहिले सम्म कतारमा ५ ओटा इलाका घोषणा गरेको भएपनि आहिले ४ ओटा इलाकाको मात्र पुर्नगठन गरेको छ भने इलाका १ को भने केहि समयपछि पुर्नगठन गर्ने संगठन प्रमुख नरेश श्रेष्ठले जानकारी दिएका थिए ।
‘विश्वका मजदुर एक हौ’ भन्ने मूलनाराका साथ सम्पन्न भएको कार्यक्रमको प्रवासी नेपाली मञ्चका संगठन प्रमुख नरेश श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन दिपक सापकोटाले गरेका थिए ।
प्रमुख अतिथि प्रवासी नेपाली मञ्चका अध्यक्ष रामहरी गैरेले पुर्नगठित कमिटीका सम्पूर्ण निर्वाचित प्रतिनिधिहरु सबैलाई कार्य सफलताको शुभकामना दिएका थिए ।
राजनीतिक संगठन भएको भएपनि यसले कतारका हरेक पाटाहरुलाई कतारको कानुनी हदमा रहेर काम गर्ने गरेको छ । नेकपा एमालेमा आस्था राख्ने हामीहरु पार्टीको सिपाही हो ।
त्यसैले जहाँ रहे पनि पार्टीलाई उचाइमा पुर्याउनको लागि कार्यकर्ताको महत्वपूर्ण भूमिका रहने गर्दछ । मञ्चको विभिन्न कार्य व्यस्तताको र सिपाहीका कमीका कारण राम्रोसँग गोलमेल गर्न नभएको हुदा अलि ओइलिएको जस्तो देखिएको इलाकालाई आजको मिति देखि ती सबै समस्याहरु पनि दुर भएको जानकारी गराउदै भोलिका दिनमा हराभरा हुदै फक्रने विश्वास ब्यक्त गरेका थिए ।
अन्त्यमा कार्यक्रमका सभापति नरेश श्रेष्ठले आफु एक जिम्मेवार पदमा रहेको हुदा संगठनको सफलताको निम्ति आफु जुन सुकै मुल्य चुकाउन पछि नहट्ने बताएका थिए । सम्भब भए सम्म अलखोर र वोक्रा क्षेत्रमा समेत इलाका गठन गरी संगठनलाई अझै मजबुद बनाउन लागेको धारणा राख्दै निर्वाचित सबैलाई बधाई तथा शुभकामा दिएका दिएका थिए ।
प्रवासी नेपाली मञ्चको इलाकामा निर्वाचित प्रतिनिधिहरुको नामावलीरु यस प्रकार छ । प्रवासी नेपाली मञ्च, कतार सँगठन विभाग र ईलाका समन्वय ईन्चार्जको संयुक्त पहलमा शुक्रबार सनैया ईलाका २, ३, ४ र ५ को संयुक्त भेलाले कार्यछेत्र तोक्ने र ईलाकाको पुनर्गठन गर्ने काम सम्पन्न गरेको छ र ईलाका पुनर्गठन निम्न अनुसार रहेको छ ।
ईलाका नम्बर १ का पदाधिकारीहरुमा पिताम्बर निरौला (अध्यक्ष), कृष्ण बहादुर थपलिया (उपाध्यक्ष), मन बहादुर श्रेष्ठ (सचिब), ध्रुब कोईराला (सह–सचिब), सदस्यहरुमा लिला बाँनिया, दिपक न्यौपाने, बिक्रम पाख्रिन, हरि लुँईटेल, एकराज घिमिरे, शिवराज ढकाल, लोकराज खनाल रहेका छन् ।
ईलाका नम्बर २ का पदाधिकारीहरुमा गोविन्द सुबेदी (अध्यक्ष), चोलाकान्त बिक (उपाध्यक्ष), यदुनाथ पुडासैनी (सचिब), रामहरि बिक (सह–सचिब), सदस्यहरुमा धन बहादुर श्रेष्ठ, मुक्ति सुनार, रोहित सुनार, भरत बिक, सन्तोष कार्की, बिनोद बिक, बिमल कुमार उपाध्याय रहेका छन् ।
यस्तै, ईलाका नम्बर ३ का पदाधिकारीहरुमा चिन्तामणि पौडेल (अध्यक्ष), लिला जीसी (उपाध्यक्ष), करन सिलवाल (सचिब), नर बहादुर बिष्ट (सह–सचिब), सदस्यहरुमा लिला बहादुर बिक, गणेश परियार, भिम रावल, उपेन्द्र रावल, चरित्र शाही, महेश कार्की, अशोक भण्डारी रहेका छन् । सल्लाहकार समिति सदस्य उमेश जंग शाही रहेका छन् ।
यस्तै, ईलाका नम्बर ४ का पदाधिकारीहरुमा हेम बहादुर बगाले (अध्यक्ष), सोम बहादुर राई (उपाध्यक्ष), लिलाधर पौडेल (सचिब), तान बहादुर मगर (सह–सचिब), सदस्यहरुमा तेज बहादुर गिरी, रेक बहादुर खत्री, माधव लुँईटेल, पुष्प कमल गलामी, राम दयाल महतो, कुबेरसिंह श्रेष्ठ, जित बहादुर डाँगी रहेका छन् । सल्लाहकार समितिमा जगन तमु (संयोजक), सदस्यहरुमा इन्द्र न्यौपाने र दुर्गा तामांग रहेका छन् ।
















प्रतिक्रिया