२९ आश्विन २०८३, बिहिबार

अभिनेता सलमान खान जेल चलान !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

salman-khanमुम्बई । बलिउडमा दुई दशक लामो करियर एकछत्र राज गरेका अभिनेता सलमान खान जेल जाने भएका छन् । उनीमाथि चल्दै आएको चर्चित हिट एण्ड रन मुद्दामा अदालतले सोमबार भोली फैसला गर्दैछ ।

फैसलामा सलमानका प्रमाण कमजोर देखिएकाले उनी जेल चलान हुने भएको भारतीय सञ्चारमाध्यमले टिप्पणी गरेका छन् । करिब १३ वर्ष अगाडी २००२ को घटनामा लगाईएको आरोप अनुसार सलमानले मदिरा सेवन गरी कार चलाउदा फुटपातमा सुतेका १ जनाको मृत्यु भएको थियो । भने चार जना गम्भीर घाइते भएका थिए ।

तर, सलमानले गाडी आफूले नचलाएको दाबी गर्दै आएका छन् । ड्राइभरले गाडी चलाईरहेको आफु पछाडी सिटमा बसेको वयान अदालतमा दिँदै आएका छन् । उनका ड्राइभरले पनि सोही वयान दिएका छन् । पीडित परिवारका व्यक्तिहरुले सलमानले नै गाडी चलाएको आरोप लगाएका छन् ।

४९ वर्षीय सलमान भोली आफ्नो वकिल सँगै थप वयान दिन तथा फैसला सुन्न अदालत जाँदै छन् । टिप्पणी अनुसार सलमानविरुद्ध परेका अन्य मुद्दाहरुले पनि न्याय पाउन मुस्किल छ । उनलाई सजाय हुने कतिपय विश्लेषकहरुको अनुमान छ । एजेन्सी