२९ आश्विन २०८३, बिहिबार

वैशाख ६ गतेको त्यो मेरो कालो दिन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dhan-bir-dahal

देशमा जनआन्दोलनको आँधिबेहरी आएको थियो । शाही राजतन्त्र अन्त्यका लागी भुमिगत रुपमा तत्कालीन नेकपा माओबादी र खुल्ला रुपमा तत्कालिन ७ राजनीतिक दलले आन्दोलन चर्काएका थिए ।

निरङकुशताका बिरुद्धमा राजनीतिक दलहरुका अलावा बिभिन्न पेशागत संगठनहरु, स्वास्थ्यकर्मीहरु लगायत सर्वसाधारणहरु उत्तिकै मात्रामा सडकमा ओर्लिएका थिए । देशमा परिवर्तन चाहने सबैजसोले आन्दोलनको सर्मथन गरे । अनि मात्र देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको हो ।

आन्दोलनमा रहेको अवस्थामा कुरा २०६३ बैसाख ६ गतेको हो । रुकुम सदरमुकाम मुसिकोटमा सात राजनीतिक दलहरुको संयुक्त सिठी जुलुश निस्कने तयारीमा थियो । मैले भर्खर पत्रकारितामा हात हालेको थिए । अर्थात पत्रकारिता सुरु गरेको ४ बर्ष भएको थियो ।

काठमाडौंबाट प्रकाशित छलफल साप्ताहिक र रुकुमबाट प्रकाशित जन्तिधारा साप्ताहिकमा मैले रिर्पोटिङ गर्दथेँ । त्यसका अलावा मध्यपश्चिममा ख्याती प्राप्त अधिकारबादी संस्था हरप्लेससँग आवद्ध पनि थिए । सात दलको सिठी जुलसको समाचार सम्प्रेशन गर्न हतपत गर्दै क्यामरा र डायरी बोकेर म निस्कीए । बिहान ठिक १०ः४३ बजे सिठी जुलुस निस्कियो । मुसिकोटको पुष्पलाल चोक नजिक आन्दोलनकारी पुग्दै गर्दा आन्दोलनले उग्र रुप लिन थाल्यो ।

सात दलको सिठी जुलसमा एक्कासी ढुंगामुडा बर्जन थाले । प्रहरीलाई छल्दै आन्दोलनकारीहरु निस्कीएकाले प्रहरीको दमन सुरु भयो । अन्दाधुन्द लाठी प्रहार गर्न थालेपछि आन्दोलनकारीमा भागाभागको अवस्था आयो । सोही बेला प्रहरीहरु म माथी खनिए । आन्दोलनकारी भन्दा टाढै रहेर झडपको फोटो लिँदै गर्दा तत्कालिन प्रहरी निरीक्षक बिष्णु पराजुली र प्रहरी हवल्दार हर्कबहादुर घर्तीले म माथी गोरु चुटाई सुरु गरे ।

सात दलको सिठी जुलसमा एक्कासी ढुंगामुडा बर्जन थाले । प्रहरीलाई छल्दै आन्दोलनकारीहरु निस्कीएकाले प्रहरीको दमन सुरु भयो । अन्दाधुन्द लाठी प्रहार गर्न थालेपछि आन्दोलनकारीमा भागाभागको अवस्था आयो । सोही बेला प्रहरीहरु म माथी खनिए । आन्दोलनकारी भन्दा टाढै रहेर झडपको फोटो लिँदै गर्दा तत्कालिन प्रहरी निरीक्षक बिष्णु पराजुली र प्रहरी हवल्दार हर्कबहादुर घर्तीले म माथी गोरु चुटाई सुरु गरे ।

dhanbir-IDपुष्पलाल चोकबाट सुरु भएको गोरु चुटाई बालमन्दिर अगाडी पुग्दा सम्म म होसमा थिए । त्यसपछि एक्कासी अस्पतालको सैयामा मात्र मैले थाहा पाए । मलाई बचाउनकै लागी आफुले पनि कुटाई खानुभएका नेपाली काँग्रेस रुकुमका नेता लालबहादुर महतको भनाई अनुसार पुष्पलाल चोकबाट सुरु भएको गोरु चुटाई बागबजार सम्म रहेको थियो । त्यस दिन म तत्कालिन राज्यको सबै भन्दा बढी निसानामा थिए । मेरो गल्ती भनेको झडपको फोटो खिच्नु थियो ।

त्यो दिनदेखी मेरो स्वास्थ्यमा आएको समस्या हाल सम्म सञ्चो भएको छैन । रुकुम जिल्ला अस्पताल हुँदै काठमान्डौको मोडेल अस्पताल सम्म उपचार गरे । हाल पनि मैले निरन्तर उपचारकै क्रममा छु । मेरो स्वास्थ्यमा सुधारको सट्टा झन झन समस्यामा छ । तर पनि मैले कहिलै पनि मेरो बारेमा लेख्ने सोच गरेन । सँधै समस्यामा परेका तथा पीडित समुदायको समाचार लेख्ने मेरो कलमले आज मेरै बारेमा लेख्ने आँट गरेको छ ।

झन्डै एक दशकको अवस्था सम्म राज्यबाट आन्दोलन परिचय पत्र बाहेक केही सुविधा मैले पाएको छैन । परिचय पत्रले मलाई कुनै पनि सौहुलियत दिएको छैन् । पत्रकारिता सुरु गरेको १३ बर्षको अवधिमा हजारौं पिछडिएका समुदायको समाचार सम्प्रेशन गर्ने अवसर पाए । तर आफै कहिले नि समाचार बनेन । अर्काको समाचार लेख्ने हामी हाम्रै पत्रिकाको समाचार बन्न सकेनौं । हरेक महिनाको एक पटक स्वास्थ्य जाँज गर्दै औषधी सेवन गर्दै आउँदा पनि मैले मेरो पेसामा कहिले पनि गिरावट हुन दिएन ।

तर आज २०६३ र अहिले मैले भोगीरहेको पीडाका बारेमा लेख्न बाध्य भएर आजको दिनमा यि कुराहरु लेख्न बाध्य भएको हुँ । तत्कालिन समयमा अधिकांश मिडिया हाउस र पत्रकारहरु लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नका लागी आफ्ना पाइलाहरु अगाडी बढाए । जनआन्दोलनमा जुन भुमिका पत्रकार तथा बिभिन्न मिडिया हाउसहरुले खेलेका थिए त्यतिकै मात्रामा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नका लागी प्रयासरत छन् ।

नेपालमा जारी शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउनका लागी सञ्चारकर्मीहरुको भुमिका महत्वपुर्ण छ । २०६२÷०६३ को ऐतिहासिक जनआन्दोलनमा नेपाली सञ्चार जगतले खेलेको भुमिकालाई राजनीतिक दल र हामी सम्बद्ध सञ्चार गृहहरुले भुल्दै गएको अनुभुति भएको छ । उनीहरुले अहिले सम्म पनि हाम्रो घाउमा मलम लगाउन सकिरहेका छ्रैनन् । केही गर्छन् र गर्न सक्छन् भन्ने आसा र भरोस गर्दागर्दा जनआन्दोलनका घाइते सञ्चारकर्मी तथा पत्रकारहरु निरासा तर्फ उन्मुख भएका छन् । यद्यपी उनीहरुले आफ्नो कलम भने कहिले पनि बन्द गरेनन् र गर्न पनि चाँदैनन् ।

भष्ट्राचार र घुसखोरीका बिरुद्ध आवाज उठाउने सञ्चारकर्मीहरुलाई धम्कीका शब्द निस्किएपनि उनीहरुले आफ्नो जनताको पक्षमा चल्ने कलम कहिले पनि बन्द गरेनन् । तर हाम्रो आत्मबल बढाउने खालको कार्यमा राज्य र सम्बन्धीत निकाय लाग्न नसक्नुले केही निरासा पैदा भएको छ ।

पत्रकार महासंघ र सञ्चार सम्बद्ध संस्थाहरुले म जस्ता पिडित पत्रकारहरुको आत्मबल बढाउने खालका कार्यक्रमहरु ल्याएमा र स्वास्थ्य उपचार गरी सहयोग गरेमा अझै समाजका लागी केही गर्न सकिन्थ्यो कि भन्ने लागेको छ ।

(लेखक दाहाल २०६२/०६३ को जनआन्दोलनको क्रममा २०६३ बैसाख ६ गते रुकुममा निष्किीएको सात दलको सिठ्ठी जुलुसको समाचार सम्प्रेशन गर्दा प्रहरीको कुटाईबाट घाइते पत्रकार हुन । हाल उनी नेपाल टेलिभिजन र नेपाल समाचार पत्रका रुकुम संवाददाता छन् ।)