२९ आश्विन २०८३, बिहिबार

धुर्मुस र सुन्तलीको ‘लफडा’ले तात्यो अमेरिका, पशुपति, प्रमोद र संगीता गीत गाएर मनोरञ्जन दिँदै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Collages3   

– विजय थापा

वाशिंगटन डिसी । २०७२ नया बर्ष धमाका भाग–१ लिएर अमेरिका आई पुगेका नेपालका प्रख्यात हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली), चर्चित लोक दोहोरी गायक पशुपति शर्मा, लोक दोहोरी गायिका सँगिता थापा मगर तथा चर्चित गायक प्रमोद खरेलले अप्रिल ४ देखि अमेरिकाका विभिन्न शहरहरुमा अपार सफलतापूर्वक प्रस्तुति देखाई रहेका छन् ।

पाँचै जना कलाकारहरुले जुन महिनाको दोस्रो हप्तासम्म अमेरिका भर कार्यक्रम देखाउने तय भै सकेको छ ।

bimal nepalपाँच जना कलाकारहरुको टोली तथा २०७२ नयाँबर्ष धमाका भाग–१ को उद्देश्य केवल हास्यव्यंग्य तथा नांचगानमा मात्र सिमित नरही नेपाली भाषी नेपाली समुदायलाई प्रस्तुति मार्फत नेपाली भाषा, कला, संस्कृतिको चेतना तथा सन्देश दिनु रहेको वर्ल्ड बिजनेस म्यानाजमेन्ट एंड कन्सल्टेन्ट प्रालिका व्यवस्थापक तथा २०७२ नया बर्ष धमाका भाग १ का कार्यक्रमका संयोजक बुद्धि प्रसाद रेग्मीले जानकारी दिए ।

रेग्मीले अगाडी भने कार्यक्रम गर्नको अर्को उद्देश्य भुटान, भारत तथा बर्माबाट अमेरिका आई पुगेका तथा अमेरिकामा जन्मे हुर्केका नया नेपाली भावी पुस्तालाई मौलिक नेपाली सभ्यता र संस्कृतिको जानकारी गराउने पनि हो ।

२०७२ नया बर्ष धमाका भाग १ कार्यक्रममा अमेरिकामा रहेका भुटानी समुदायको बृहत सहभागिता रहेको, धेरै राज्यहरुमा भुटानी समुदायहरु आयोजक भएको र केही राज्यहरुमा स्थानीय समुदायसँग मिलेर भुटानी समुदायको सक्रियता रहेको बुझिएको छ ।

Collages1भुटानी समुदायले नेपाली कलाकारहरुलाई देखाएको सद्भाव प्रति नया बर्ष धमाका टोलि ज्यादै आभारी रहेको बताएका छन् ।

अमेरिकामा भुटानी समुदायको जन घनत्व बाक्लो भएकोले धुर्मुस तथा सुन्तलीको जोडीको टोलीले भुटानी समुदायलाई बिशेष ध्यान दिने बुझिएको छ ।

केवल भुटानी समुदायको लागि भुटानी समुदायमा घटेका आत्महत्या तथा डिप्रेसन (उदासीपन) जस्ता बिषयको सेरोफेरोमा सन्देश दिने चेतना मुलक प्रस्तुति गरिने बुझिएको छ ।

२०७२ नया बर्ष धमाका भाग १ का प्रख्यात गायक प्रमोद खरेल तथा चर्चित हास्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ भुटानी समुदाय प्रति यस्तो विचार राख्दछन :

चर्चित हास्य कलाकार सिताराम कट्टेल धुर्मुस भन्छन–‘भुटानी समुदायले बिशेष गरि मेरी बास्सै कार्यक्रमका धुर्मुस र सुन्तलीलाई अति मन पराई दिनु भएकोमा धन्यबाद दिन चाहन्छौ । र, नयाँ बर्षको मंगलमय शुभकामना जोडीको तर्फबाट यसै मार्फत दिन चाहन्छौ भन्दै अमेरिकामा भुटानी समुदायको सक्रियता प्रति हामी उत्साहित छौ, धुर्मुसले भने ।

pramod 1अमेरिकामा भुटानी समुदायको लागि कार्यक्रम लिएर आएका छौ । भुटानी समुदायसँग हामी हातेमालो गर्ने छौ । नेपाली भाषा, कला तथा संस्कृतिको जगेर्ना गर्न भुटानी समुदाय निकै अगाडी छ भन्दै धुर्मुसले प्रसंसा गरे ।

आधुनिक तथा गजल गीतका प्रख्यात गायक प्रमोद खरेल यसो भन्छन भुटानी समुदाय प्रति भुटानी समुदाय नेपाली कलाकारहरुलाई निकै माया गर्नुहुन्छ । मैले गाएको गीतलाई पनि धेरै माया गरीदिनु भएकोमा धन्यवाद दिन चाहन्छु ।

आफुले झन्डै ४०/० वटा जति त भुटानी समुदायले लेखेको गीत मात्र गाई सकेको बताए भने भुटानी समुदायको एउटा नया गीति संग्रह निकाल्ने तयारमा छु ।

उहाँहरु लेख्नु हुन्छ म गाउछु भन्दै उहाँहरुसँग काम गर्न पाउदा हर्ष लागेको गायक खरेलले बताए । गायक खरेलले आफ्नो घर पूर्व भएकोले भुटानी शरणार्थी शिबिर केन्द्रमा भुटानी साथी संग सुतेको पनि कथा सुनाए ।

यस्तै, गायक खरेलले हामीहरु एकै हौ र नेपाली हौ भन्ने संदेश दिन चाहेको बताए । उनले भुटानी समुदायलाई संदेश दिदै भने हाम्रो रगत रातो छ, हामी जहाँ छरिए पनि, जसरी रहे पनि हामी नेपाली नै हौ ।