२ कार्तिक २०८३, सोमबार

जहाँ १२ वर्षकै उमेरमा विहेको टुङ्गो लगाइन्छ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Love-marraigeबाँके, ६ वैशाख । गाउँका महिला आँगनमा ढोलक बजाएर गीत गाउँदै थिए । पाहुनाका लागि मिठोमसिनो खानेकुराको तयारी भइरहेको थियो ।

घरमा निकै रमझम थियो । घरपरिवार, आफन्त, छिमेकी खुशीयालीमा रमिरहेका बेला १२ वर्षीया लक्ष्मी चमार भने एउटा कुनामा बसेर टोलाइरहिन् । मुहारमा कुनै चमक थिएन ।

शुक्रबार दुलाहा आएर तिलक (इन्गेजमेन्ट) गरेपछिमात्र उनले थाहा पाइन् आफ्नो बिहे हुँदैछ भन्ने कुरा । त्यसअघि बाबुआमाले वर खोज्दा न उनको इच्छाबारे सोधे, न थाहा दिए ।

‘यो उमेरमा विवाह नगरिदिए छोरीको घरबार हुन समस्या हुन्छ । त्यसैले तिलक अहिले नै गरिदियौँ, नाबालक छोरीलाई ठाउँ लगाउन पाएकोमा खुसी हुँदै आमा शारदा चमारले भनिन्,’तीन छोरी छन् । जेठीको यो वर्ष गरियो । माईलीका लागि बर खोजिरहेका छौँ । बिस्तारै तीनै छोरीलाई ठाउँ लगाएर पार पाउनै पर्‍यो ।’

नाबालक छोरीको तिलक गरिदिएकोमा उनलाई कुनै हिनताबोध छैन । बरु उनी निकै उत्साहित रहेको कान्तिपुर दैनिकले छापेको छ ।