काठमाडौं, ६ वैशाख । भारतमा जारी आठौं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा किङ्गस एलेभन पञ्जाबमाथि कोलकत्ताले ४ विकेटको शानदार जित हात पारेको छ ।
भारतको पुना स्थित महाराष्ट्र क्रिकेट मैदानमा भएको २० ओभरको खेलमा पञ्जाबले दिएको १५६ रनको लक्ष्य १७.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको हो ।
कोलकत्ताका लागि आन्द्रे रसेलले सर्वाधिक ६६ रन बनाए । उनले ९ चौका २ छक्का प्रहार गरे । यूसुफ पठानले नटआउट २८ रन बनाए । रसेल र पठानको ९२ रनको पार्टनरसिपमा कोलकत्ताले आफ्नो स्कोर उच्च बनाएको थियो । सूर्यकुमार यादवले २३ रन बनाए ।
संदीप शर्माले कोलकत्ताका ४ विकेट लिए । मिशेल जॉनसन र थिसारा परेराले १/१ विकेट लिए ।
यसअघि टस हारेर व्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरको खेलमा पुरै विकटे गुमाउँदै १५५ रन बनाएको थियो । पञ्जाबका लागि कप्तान जॉर्ज बेली ६० रन बनाए । आईपीएलमा यो कोलकत्ताको तेस्रो जित हो ।
आईपीएलमा पञ्जाब प्रिति जिन्टाको टिम हो । कोलकत्ता शाहरुख खानको टिम हो । यि दु्बैबीच फाइनलमा भिडन्त हुँदै आएको छ ।
















प्रतिक्रिया