सिकागो, अमेरिका । सधै आफ्नो पहिचान र अधिकारको लागि काम गर्दै आएका नेपाली समुदायले यस पटक भने आफ्नो जन्मथानको लागि भन्दै फरक खालको योगदान दिन पर्यटन डे महोत्सबे मनाउने भएका छन् ।
नेपालमा पर्यटकको संख्यामा अभिबृदी गरेर आर्थिक सम्पन्नता प्रदान गर्ने उदेस्यले आयोजना हुने सो कार्यक्रम यसपटक सांस्कृतिक, पर्यटकीय र अमेरिकाको सबै भन्दा सुन्दर ब्यबस्थित सहर सिकागोमा गरिने भएको छ ।
नेपालको गणतन्त्र दिवशको उपलक्ष्यमा गर्न लागिएको सो कार्यक्रम जुन ६ र ७ (जेष्ठ २४ र २५)मा प्रवासी नेपाली मञ्च अमेरिकाको आयोजनामा हुने र उक्त महोत्सबको उद्घाटन सत्रमा सिकागो एरियामा बसोबास गर्ने नेपाली समुदायको ठुलो संख्याको उपस्थितिमा नेपालका पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले गर्नु हुने भएको छ ।
दुर्इ दिन सम्म हुने सो महोत्सबमा नेपाली पहिचान दिने परम्परागत पन्चे बाजाको साथमा नेपाली झन्डा बोकेर नेपाली टोपीमा सिकागोको मुख्य बजार छेत्रमा ¥याली निकाल्ने ¥यालीमा नेपालका पर्यटकीय स्थलको चिनारी भएका ब्यानर पोस्टर र विभिन्न जातजातिका पोशाक संस्कृति झल्कने झाकीहरु प्रदर्शन हुने छन् ।
¥याली पश्चात अमेरिकन र अन्य देशका सहभागीहरु बिच नेपालमा पर्यटकको लागि मन्त्र मुग्ध पार्ने दृश्यहरुको भिडियो स्लाइड सो र कार्यपत्र प्रस्तुत हुनेछ ।
त्यसै गरि महोत्सबलाइ बढी प्रभाबकारी बनाउन साहित्यिक कार्यक्रममा कविता, गजल प्रतियोगितात्मक हुने र साझ नेपालका लोकप्रिय कलाकारहरुले सांगीतिक कोसेली पस्कने कार्यक्रम रहेको छ । दोस्रो दिन प्रवासी नेपाली मञ्चको दोस्रो साधारणसभा पनि गरिने भएकोले कार्यक्रममा प्रवासी नेपाली मंचका अमेरिका भरिका कार्यक्रता सिकागोमा जम्मा हुने भएका छन् ।
कार्यक्रमको प्रतक्ष्य प्रसार प्रचार गर्न सिकागोमा रहेका अन्तर्राष्ट्रिय टेलिभिजन र नेपाली भाषी सञ्चार माध्यमलाई निम्ता गरिने भएको छ्र । उपरोक्त सबै कार्यक्रमलाइ भब्य र प्रभावकारी बनाउन प्रवासी नेपाली मंचको भर्खरै सम्पन्न न्युहम्सारको बिस्तारित बैठकले मञ्चका प्रथम उपाध्यक्ष बाला घिमिरे संयोजक, मध्यपश्चिम छेत्रका पुर्व अध्यक्ष तथा हालका क्षेत्रीय इन्चार्ज प्रितिसागर खत्री सहसंयोजक र मध्यपश्चिम छेत्रका अध्यक्ष टेकराज पौडेललार्इ सदस्य सचिबको जिम्मेवारी दिइएको मञ्चका अध्यक्ष सञ्जय थापाले बताउनुभयो ।
घिमिरे, खत्री र पौडेलको सरसल्लाहमा गत अप्रिल १ मा सम्पन्न भएको क्षेत्रीय कमिटीको बैठकले नेपाल पर्यटन महोत्सब तथा दोस्रो साधारण सभा भब्यरुपमा सम्पन्न गर्न बाला घिमिरेको संयोजकतामा १०१ जनाको मूल आयोजक समिति गठन गर्दै विभिन्न उपसमिति हरु पनि गठन भएका छन् ।
उपसमितिमा सिकागोमा रहेका प्रवासी नेपाली मञ्चका सबै सदस्यहरु र केहि अन्य ठाउँका बिशिष्ठ व्यक्तिहरु राखिएको छ ।
मेलाको तयारीका लागि गठन गरिएका उपसमिति र तिनका प्रमुखहरुमा बाला घिमिरे आर्थिक, प्रचार, होटल तथा, हल ब्यबस्थापन उपसमिति प्रमुख, प्रिती सागर खत्री अनुगमन तथा निर्देशन उपसमिति प्रमुख, सांस्कृतिक, साहित्यिक, झाँकी, टेकराज पौडेल मञ्च सजावट र स्वयाम्सेवक परिचालन उपसमिति प्रमुख, खेम भण्डारी जनपरिचालन उपसमिति प्रमुख र शिब अधिकारीले खाद्यान्न ब्यबस्थापन उपसमिति प्रमुखको जिम्मेवारी पाएका छन् ।















प्रतिक्रिया