– सन्दिप भट्ट
चितवन । नेपाली सांगीतिक क्षेत्रमा उदयमान नक्षेत्रको रुपमा उदाएको पछिल्लो नाम हो फिरोज बस्नेत । लामो समय संगीतको अध्ययन र ज्ञान लिएका फिरोजले यतिवेला ‘गीत फिरोजको’ एल्बम बजारमा ल्याएका छन् ।
उदयपुरको गाईघाटमा जन्मीएका फिरोज संगीतका साधक हुन् । संगीतकार अर्जुन पोखरेलसंग लामो समयसम्म संगीतको ज्ञान लिएका फिरोजले संगीतकार पोखरेलकै संगीत र शष्दमा ‘तिमी बाहेक’ बोलको गीत यतिबेला चर्चामा छ । एल्बमको टाईटल सङ ‘तिमी बाहेक’ लाई काठमान्डौं उपत्यकाको विभिन्न स्थानमा छांयाकन गरीएको हो ।
दिवाकर भट्टराइले निर्देशन गरेको भिडीयोमा राजन ईसानको एरेन्ज दिएका छन् । युवा पुस्ताको ढुकढुकी अकेसा बिष्ट र गायक फिरोज म्युजिक भिडीयोमा देखा पर्दैछन् । शिवराम श्रेष्ठको छांयाकन रहेको गितलाई नयां बर्षको अवसर पारी बजारमा ल्याईएको हो । ‘यो गीत दर्शकलाई मनपर्ने खालको गीत हो’ फिरोजले भने- ‘युवा पुस्तालाई मध्यनजर गर्दै निकालेको लव संङ भएकाले दर्शकहरुले रुचाउनु हुनेछ ।’
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।
















प्रतिक्रिया