२९ आश्विन २०८३, बिहिबार

जनसम्पर्कको चुनावमा बाँडियो बाणिज्यदूतको पद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

JANA-samparka-logo

सानफ्रान्सिस्को, (अमेरिका) । यतिखेर अमेरिकामा नेपाली समूदायबीच एनआरएनको चुनावको माहौलले हप्तानै तातेको छ । तर यो भन्दापनि क्यालिफोर्नियाको बे-एरिया भने नेपाली कांग्रेसको भातृसंगठन जनसम्पर्क समितिको चुनावले बड्ता तातेको छ ।

आइतबार हुन लागेको जनसम्पर्क समिति उत्तरी क्यालिफोर्नियाको निर्वाचनमा नेपाली कांग्रेसका प्रवासी कार्यकर्ताहरु यतिखेर नेपाल सरकारको बिभिन्न पद बाँड्दै, आश्वासन दिन सकृय भएका छन् ।

नेपालमा कांग्रेसका नेताहरुसँग निकट रहेका व्यक्तिहरु अहिले यहाँ हुन लागेको चुनावमा पनि मतदातालाई बिभिन्न आश्वासन बाँडेर मतदाता प्रभावित बनाउने खेलमा लागेका छन् । बिभिन्न व्यक्तिलाई कसैलाई बाणिज्यदूत त केहीलाई पर्यटनदूत बनाइदिने भन्दै जनसम्पर्क समितिको सभापतिमा उठेका प्रतीक पाण्डेको पक्षमा उनीहरु सकृय छन् । केहीका परिवारका सदस्यलाई अमेरिका ल्याइदिने समेत भन्दै भोट तान्न अनेकन तिकडमहरु यहाँ भइरहेको छ ।

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीका कान्छा भाई धनन्जयनरसिंह केसी अहिले पाण्डेको पक्षमा भोट माग्न नेपालमा जस्तै हुनै नसक्ने आश्वासन बाँड्दै हिडेको स्थानीय सदस्यहरुले बताएका छन् । उनी नेपाली कांग्रेसको अमेरिका जनसम्पर्क समितिको उपाध्यक्ष हुन् ।

नेपालमा छँदा दलित गैरसरकारी संस्था महासंघ, जागरण मिडिया सेन्टर, इन्सेक जस्ता संस्थामा काम गरेका पाण्डे अमेरिका आएपछि ‘पोलिटिकल असाइलम’ गर्नका लागि खाँट्टी कांग्रेसको रुपमा आफुलाई चिनाएका छन् । स्मरणीय के छ भने जागरण मिडिया सेन्टर, इन्सेक लगायतका संस्थाहरु बामपन्थी निकट एनजिओ हुन् ।

पाण्डेले २०६२/६३ को जनआन्दोलनमा मानबअधिकारवादीको जर्सी लगाएर डलरको भत्ता खाँदै पर्यवेक्षण गर्दै हिडेको फोटोलाई दुरुपयोग गर्दै कांग्रेसको कार्यक्रममा सकृय भएको भन्दै फेसबुकमा प्रचार गरेका छन् । पाण्डेको प्रतिद्वन्दीमा नेपालमा ट्रेकिङ व्यबसाय गर्दै पछिल्लो समयमा अमेरिकाको सानफ्रान्सिस्कोमा रेष्टुरेन्ट व्यबसाय सञ्चालन गरिरहेका पूर्ण शेर्पा छन् ।

शेर्पा जनजाती पनि भएको र स्थानीय नेपाली समूदायबीच निकै राम्रो सम्बन्ध भएको व्यक्ति हुँदा कांग्रेसको एउटा समूहले पाण्डेको पक्षमा मतदाता तान्न हुननसक्ने पद नेपालीलाई बाँड्दै हिडेको रहस्य खुलेको हो ।

पाण्डे टीम कतिसम्म कमजोर र बेपर्वाह छ भन्ने तथ्य हालै बाहिर आएको छ । यो टीमबाट सदस्यको उम्मेदवार रहेकी सुनिता सापकोटाको साधारण सदस्यता समेत नहुँदै उम्मेदवारको सूचि बनाएर सार्वजनि गरियो । लण्डनमा विद्यार्थी हुँदाहुँदै दलाललाई हजारौं डलर तिरेर मेक्सिको हुँदै अमेरिका छिरेकी सापकोटाको अमेरिकामा कुनैपनि वैधानिक हैसियत छैन ।

वैधानिक हैसियत नभएकी र साधारण सदस्यता समेत नभएकी उनलाई नेपालको नवलपसरासी गैँडाकोटतिरको कुनै एक एफएममा काम गरेको भन्दै अनर्गल प्रचार गरिएको थियो ।

जनसम्पर्क समिति नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समितिको निर्वाचनमा यतिखेर यहाँ दुई प्यानल खडा छन् । उत्तरी क्यालिफोर्नियाको जनसम्पर्क समिति अमेरिकाभरिकै सबैभन्दा सकृय संस्थाका रुपमा चिनिएको छ ।

दुई हजारको हाराहारीमा सदस्यता रहेको यो संस्था अमेरिकाका बिभिन्न राज्यका जनसम्पर्क समितिहरुमध्य सदस्यको हिसाबमा सबैभन्दा ठूलो समेत भएको छ । यसको नेतृत्व आफ्नो पकडमा पार्न दुबै प्यानलले आफ्ना टीमका सदस्यहरु जतिसक्दो समावेशी बनाउँदै अघि बढेका छन् ।

९ बर्षदेखिे बे–एरियामा रहेका शेर्पा दुःख पर्दा सबै नेपालीले सम्झने नाम पनि हो । शेर्पाले सयौ नेपालीलाई काम खोजिदिएर बे एरियामा स्थापित हुन सहयोग गरेका छन् ।

‘म राजनीति धेरै जान्दिन, धेरै ठूलो डिग्री र पढेलेखेको पनि होइन । यहाँका नेपालीहरुलाई उनीहरु समस्यामा पर्दा मैले तन मन र धनले सहयोग गर्दै आएको छु,’ शेर्पा भन्छन् । हुन पनि हो, डिभी परेर आएका हुन् या डकुमेन्ट बिना बसेका हुन् । मेक्सिकोबाट हजारौ हण्डर भोग्दै आएका हुन् या अरु राज्यबाट बसाई सरेर आएका नेपाली हुन् सबैले कामका लागि उनै शेर्पालाई सम्झिन्छन् ।

‘ठूलो ठाउँमा त मैले काम लगाइदिन सकेको छैन । रेष्टुरेन्ट, ग्याँस स्टेशनहरुमा सयौ नेपालीहरुलाई मैले काममा लगाइदिएको छु । यो परदेशमा एउटा नेपालीले अर्को नेपालीलाई गरिदिनुपर्ने यतिनै हो’ उनी भन्छन् ।

सानफ्रान्सिस्को शहरमा रेष्टुरेन्ट स ञ्चालन गरेर बसेका शेर्पा २०२८ सालमा नेपालको ताप्लेजुङमा जन्मिएका हुन् । नेपालमा नेपाली कांग्रेसका कुनै पनि संगठनको मुख्य पदमा नरहेपनि यहाँ भने उनी हरेक कार्यक्रममा सकृय सहभागी हुने मात्र होइन कार्यक्रमको पूर्ब तयारीदेखि लिएर कार्यक्रम समाप्त भइसकेपछि पनि उनी कार्यक्रमस्थललाई दुरुस्त राख्न निकै खटिन्छन् ।

अर्का उम्मेदवार पाण्डे भने वर्तमान कार्यसमितिका महासचिव हुन् । स्थानीय समूदायमा निकै भाउ खोज्ने र आफुलाई ‘मैँ हुँ’ भन्ने घमण्ड पालेका पाण्डेलाई अधिकांश नेपाली समूदायले मन पराउँदैनन् ।

उनी नेपालमा छँदा दलिन गैरसरकारी संस्था महासंघ, जागरण मिडिया सेन्टर लगायतका संस्थाहरुमा समेत सकृय थिए । जुन संस्थाहरु वामपन्थी निकट हुन् ।

दुबै पक्ष यतिखेर प्यानल सहित चुनावमा होमिएका छन् । शेर्पा प्यानलबाट निर्वाचनमा दुइ उपसभापतिमा तारा बराल र लक्ष्मी केसी कार्की उम्मेदवार छन् । त्यस्तै सचिवमा हरि भट्ट, सहसचिवमा तेजप्रसाद पौडेल र कोषाध्यक्षमा गोमा लिम्बु उम्मेदवार छन् । सचिवमा उम्मेदवार हरि भट्ट शहीद परिवारका सदस्य हुन् । उनका पितालाई माओवादीले हत्या गरेका थिए । यो टीममा शहीद परिवारका अर्का सदस्य सुनिल पौडेल पनि छन् ।

सदस्यका उम्मेदवारहरुमा दीपक प्रधान, नवीन बुढाथोकी, सुनिल पौडेल, शिल्पा शाक्य, ध्रुब दाहाल, गोपाल बस्नेत, पुष्पराज राना, राम कुँबर, महिपाल घिमिरे, कमल भट्टराई, पुष्पराज गौतम र सनी लामा छन् । यो समूहमा सबै जात, भूगोललाई समावेश गरिएको छ ।

‘यहाँ अमेरिकामा पढेलेखेको ठूलो पदमा पुगेको भन्दा पनि समुदायलाई सानै भएपनि निरन्तर सहयोग गर्नेको जरुरत छ, त्यो काम शेर्पा र उनको टीमले गर्नसक्छन्,’ सन्नीभेलका स्थानीय मतदाताहरु भन्छन् ।

पाण्डे समूहबाट दुई उपाध्यक्षमा संगीता गुरुङ र प्रकाश बस्नेतले उम्मेदवारी घोषणा गरेका छन् । त्यस्तै सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः प्रदीप भण्डारी, नरेन्द्र तामाङ र शोभा राई छन् । यो प्यानलको सदस्यका उम्मेदवारहरुमा अनुप तिमल्सिना, ध्रुब कुँबर, मदन महर्जन, मनोहरा थापा, मीरा वस्ती, रवी श्रेष्ठ, रुपेश घृतकौशीक, संजीव उप्रेती,सूर्य शर्मा र सुनिल थापा छन् ।