२९ आश्विन २०८३, बिहिबार

‘ओली बा’लाई भतिजको पत्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP-Oli

‘हुन अब, केपी हुन । केपीले गर्छन । केपीले के गर्छन त भन्दा…’

यस्तै डाइलग चर्चित टेलिश्रृङ्खला ‘मेरी बास्सैमा’ दर्शने नाम गरेका पात्रले भन्ने गर्छन् । कुनै पनि बस्तुलाई उसको बिशेषतासँग जोडेर भनिने यो डाइलग आजकाल सामाजिक सञ्जाल, यत्रतत्र सर्बत्र जँही कतै खुबै चलेको छ । आपसी मजाकको राम्रो खुराक बन्न पुगेको छ । यस्तै डाइलग एमाले अध्यक्ष खड्गप्रसाद ओली उर्फ केपी ओलीलाई वर्तमान राजनीतिक अवस्थाका उहाँका विशेषतासँग जोडेर बनाउने प्रयास गर्दा यस्तो पो बन्यो । दर्शनेको शैलीमा ‘हुन अब, केपी हुन । केपीले गर्छन । केपीले के गर्छन त भन्दा भाषण गर्दा उखान टुक्काको बर्षात गर्ने काम गर्छन, माओवादीलाई नमज्जासंग गाली दिने काम गर्छन्, संघियताविरोधी अभिब्यक्ति दिने काम गर्छन्, सरकार ढालिदिने चेतावनी दिने दिने काम गर्छन, सरकार भर्सेस गोबिन्द केसीको मामिलामा मौन बस्ने काम गर्छन् ।’ यस्तै यस्तै जबाफ फर्कन्छ, ‘मेरी बास्सैमा ।

प्रधानमन्त्री नबनी मरिन्छ कि भन्ने भयले मन नि तेस्तै खाको छ होला। राम्रोसँग निद्रा नि पर्दैन होला। खाना नि रुच्दैन होला । झन पहिलेदेखिकै हजुरको बिग्रँदो स्वास्थ्यस्थिति बिचरा ! ठुल्बा ।

ठुल्बा ढोग गरे !

ताइ न तुइको यो ठुल्बाको नाता लगाउन को आयो ? कसरी लगाको हो नाता भनेर अन्योलमा पर्नुभो होला । म पनि थरले ओली परे, पश्चिमतिरको । हजुर पुर्बेली ओली पर्नु भो क्यारे । ओलीको हाड फरक हुन्न रे नि त । गाउँ घरतिर मेरो बाजे तेस्तै भन्नुहुन्छ । के पुर्बेली, के पश्चिमेली जहाँको भएनि हामी, ओली हौ नि त । यसकारण म हजुरलाई ठुल्बा भनेर नाता गाँस्दै छु । एक ओलीले अर्को ओलीसंग नाता गास्नु खासै आपत्तिजनक कुरा पनि नरहला नि, कि कसो ठुल्बा? हजुरलाई हजुरबुबा भनेर नाता गाँस्न मन थियो । तर ‘मान्छे बुढो भएनी मनले बुढो नहुने’ हजुरलाई हजुरबाउ भन्दा त्यति नपच्लाकी ? यसर्थमा ठुल्बा भनेँ है त ।

Dhurba-Oli
ध्रुव ओली

आजभोलि त्यति सन्चो छैन होला हजुरलाई। गोबिन्द केसीको अनसनले खुब टाउको दुखायो होला । अस्ति भर्खर माधवकुमार नेपालसँग युवा संघको विषयमा परेको ठाक्ठुकले त धन्दै धन्दै हजुरलाई खरङ्गै बनाइदियो। प्रधानमन्त्री नबनी मरिन्छ कि भन्ने भयले मन नि तेस्तै खाको छ होला। राम्रोसँग निद्रा नि पर्दैन होला। खाना नि रुच्दैन होला । झन पहिलेदेखिकै हजुरको बिग्रँदो स्वास्थ्यस्थिति बिचरा ! ठुल्बा ।

मानवता अझ एक सच्चा ओली हुनुको नाताले यो अपरिचित भतिजो धेरै टाढाबाट हजुरको स्वास्थ्य लाभको कामना गर्छु । ओली खलकबाट हजुरनै हो पहिलो, राजनीतिक हिसाबमा त्यति ठूलो, सम्मानित अनि गरिमामय पदमा पुगेको । हजुर भनेका सिङ्गो एमालेका निम्ति मात्र नभइ हामी ओलीहरुको पनि शान तथा गर्वयोग्य ब्यक्ति हो । कोही कोइराला खलकको ब्यक्तिले हाम्रासामु गिरिजा, सुशीलका नाउँमा गर्वले छाती पिटेर सेखी झारे भने हामी (ओलीहरु) पनि हजुरको नाउ लिएर सेखी झार्न कुनै कन्जुस्याइँ गर्दैनौँ ।

हजुरले प्रधानमन्त्रीको सूचीमा आफ्नो नाम दर्ज गराउन सक्नुहोला, नसक्नुहोला त्यो देशको बदलिँदो राजनितिक अबस्था अनि केही हदसम्म दिल्ली दरबारको अनुकुलताले भन्ला । तर दर्ज गराइ छाड्नुहोला । अग्रीम शुभकामना तपाईंलाई । ओली खलकको ब्यक्ति प्रधानमन्त्री भएको हेर्ने रहर हामी ओलीहरुलाई पनि छ । दाहाल, नेपाल, खनाल, कोइराला, भट्टराई… खलकका भइसके, अस्ति पूर्वप्रधानमन्त्री बाबुराम कामरेडले नि पोखराबाट भनिसके । सम्भावना दह्रो छ।

हुन त राजनीति हो जे हुनसक्छ । हजुरले आफ्नो नाउ प्रधानमन्त्रीको सूचीमा दर्ज गराउन नसकेनी हजुरले आफ्नो नाम ‘प्रसिद्ध उखान टुक्काकार’ को रुपमा भने अबश्य दर्ज गराउन सक्नु हुनेछ । हजुरले भाषण गर्दा बोलीने उखानहरु यदि संकलन गरेर पुस्तक मात्रै निकालेको भए पनि आजसम्म सयौँ पुस्तक निक्सिसक्थ्ये । हजुरको मिमिकिरी गर्ने हास्यकलाकारलाई हजुरका उखान, टुक्का याद गर्न हत्तै नै परेको छ । भ्याइनभ्याई छ । के थाहा ? कि कुनै दिन हजुरकै पार्टीको पहलमा टियुमा ‘खड्गप्रसाद उखान टुक्का शास्त्र’ विषय अध्यापन हुन नि सक्छ । नहोला भन्न कहाँ सकिन्छ त ? हजुरले भाषणमा भन्ने उखान टुक्का संकलन गरेर अध्ययन अध्यापन गराइन सक्छ । यसमा नि म दह्रो सम्भावना पो देख्छु त ठुल्बा।

अनि ठुल्बा माओवादीसँग हजुरको राशी नमिल्ने हो कि ? केही खान्दानी दुश्मनी छ ? कति गाली गर्न सकेको हजुरले ? एक घन्टा भाषण गर्नु भयो भने ५० मिनेट त नघटाइ माओवादीको खोइरो खन्नुहुन्छ । कम्युनिष्ट बिचारको हिसाबले माओवादीप्रति उदारबादी पो बन्नुपर्ने ।  जे होस माओवादीको सातै खानुहुन्छ । माओबादीलाई गुरिल्ला, झुसिल किरा अनि अरु येस्तै थुप्रै पो उपनाम दिइसक्नु भएको छ है । हजुरका भाषण आक्रामक, खोइरो खन्ने टाइपका, सटारिकल व्यंग्यका साथसाथै साहित्यिक भाबयुक्त नि हुने गर्छन । धेरैले हजुरको भाषण नबुझ्न नि सक्छन ।

महेश बस्नेत महामहिमलाई मन्त्री बनाउँदा मिडियाले कम्ता किच्चड गरेनन भन्या है ? आफ्नो हालीमुहाली रहुन्जेल पनि आफ्नालाई पाखा गर्ने कुरै आउदैन नि हैन त ठुल्बा । आफूले रोजेको मान्छेलाई जाबो एउटा मन्त्री नि दिन नपाइएला त ?
आजकाल त एमाले भनेको गुंडा पाल्ने, गुंडाको संरक्षण गर्ने माफियाहरुको पार्टी, दलालहरुको पार्टी भनेर आरोप पो लाग्दै रैछ त है ठुल्बा । पहिला–पहिला यस्तो आरोप काङ्ग्रेसलाई लाग्ने गर्थ्यो, आजभोलि यस्ता आरोप हजुरले अध्यक्षता ग्रहण गरेको पार्टीमा पो सरेछ ।

बिपत नि एकैचोटि आउन पर्ने के । प्रा डा गोबिन्द केसी नि अहिल्यै अनसन बस्नुपर्ने, राखेप उपाध्यक्ष महामहिम टेण्डी सर नि सुनसँगै अहिलै गिरफ्तार पर्नुपर्ने, सङघियाता बिराधी भन्दै हजुरका पुत्ला जल्नु । विपक्षीहरुले आन्दोलनको आँधीबेहरी ल्याउँछौ भनी धम्काउनु । बलात्कारका घटना दिनदिनै बढ्दै जादा हजुरकै पार्टीबाट गृहमन्त्री बनेका अझ आन्तरिक रुपमा हजुरकै प्यानलका बामदेब नामका महामानवले ‘संक्रमणकालमा बलात्कार भइहाल्छ्न’ भनेर गृहमन्त्री जस्तो गरिमामय पदको खिल्ली उडाउने अभिब्यक्ति दिदै हिँड्नु  । अझ अरु आन्तरिक किचलोको त कुरै छाडौ । दह्रो टेन्सनमा पो हुनहुन्छ त ठुल्बा । अझ बजारमा त के पो चर्चा चल्ने गर्छन भने
‘एमाले एमाले

अब न पोथी न भाले’
‘एमाले होइन ह ह माले

घरी ह ह माले भन्दै काङ्ग्रेसले

लरङ्याउछ

घरी एमाओबादीले’ गोरुजस्तै … उकान टुक्केबाज तपाइँलाई यी बजारमा चल्ने चर्चाको आशय राम्रैसंग थाहा होला । मैले अथ्र्याउन जरुरी देखिन है ।

उहीँ  भतिजो
धुव्र ओली