३० आश्विन २०८३, शुक्रबार

कहिलेसम्म मरौं सरकार हामी यसरी ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahesh-gautam-kc

सरकार !

पानीको थोपासम्म मुखमा चुहाइदिने कोही भएन, घर–घरमा लासको खात लाग्यो । गाँउमा मलामी पाइन छाडे । मलामी होस् पनि को ? सबैसंग यमलोकको निमन्त्रणा मात्र थियो । मरेकाहरुले मलामी पाएनन् बाँचेका हामीहरुका रुदाँ–रुदाँ आँखाबाट खस्ने आँशु सकिए । एकपल्ट कल्पना गर्दा पनि कहाली लागेर लागेर आउँछ ।

त्यो मात्र हो र सरकार ! हामी गरिबहरुलाई हरेकपटक मृत्युले पछ्याइरह्यो । दःखले अत्याइरह्यो । सिटामोलको काम सिस्नोले गर्दैन, नत्र हामी सिटामोलको सट्टा सिस्नो नै खान्थ्यौं । कम्तीमा औषधोपचार गराउँदागराउँदै प्राण गयो भनेर भन्न त पाइन्थ्यो । तर अहँ पाएनौं सरकार हामीले सिटामोल ।