२९ आश्विन २०८३, बिहिबार

ग्राण्डी अस्पतालमा निःशुल्क हेमोफिलिया परीक्षण शिविर सम्पन्न

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Grane-hospital-2

काठमाडौं, ४ बैशाख । विश्व हेमोफिलिया दिवसको अवसमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले निःशुल्क हेमोफिलिया स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरेको छ ।

नेपाल हेमोफिलिया सोसाइटीसँगको सहकार्यमा अस्पतालले आफ्नै परिसरभित्र आयोजना गरेको शिविरमा नेपाल हेमोफिलिया सोसाइटीमा सदस्य रहेका ४९ जना हेमोफिलिकहरुले स्वास्थ्य परीक्षण गराएका थिए ।

Grane-hospital-3ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका अर्थोपेडिक तथा जोर्नी प्रत्यारोपण सर्जन डाक्टर भाष्करराज पन्तले शिविरमा आएका हेमोफिलिकहरुको स्वास्थ्य परिक्षण गरेका थिए । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको फिजियो थेरापि डिपार्टमेण्टका यम बहादुर खत्रीले हेमोफिलिया मैत्री फिजियो थेरापिवारे परामर्श तथा प्रशिक्षण दिएका थिए ।

वंशानणुगत रुपमा हुने हिमोफिलिया रगतमा विशेष प्रकारको प्रोटिन फ्याक्टरको कमीका कारण हुने र जोर्नीहरुमा लामो समयसम्म रगत नरोकिने भएकाले यसले जोर्नी बिगार्ने र अपाङ्ग पनि बनाउने डाक्टर पन्तले जानकारी दिएका छन् ।

In vitroहाल आएर नेपालमा पनि हेमोफिलियाको उपचार सम्भव छ । आन्तरिक रक्तश्रावले गर्दा मांशपेशी तथा जोर्नीहरुमा उत्पन्न हुने समस्याहरुको उपचार पछिल्लो पटक ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पनि शुरु गरेको छ ।

हिमोफिलिया निरुपणकालागि आवश्यक सम्पुर्ण उपकरणहरु उपलव्ध रहेको हुनाले निकट भविष्यमा नै फ्याक्टर टेष्ट पनि गर्न सकिने अवस्था रहेको छ । ग्राण्डी अस्पतालको आफ्नै ब्लड बैंक मा रगत र रक्त तत्वहरु उपलव्ध रहेको छ ।

देशभर तीन हजारको हाराहारीमा रहेका हेमोफिलिया पिडितहरु र सोसाइटीको सदस्यता लिएका पाँचसय जनाको लागि उपलब्ध गराइएको फ्याक्टर अझै पर्याप्त नरहेको अवस्था छ ।

नेपाल सरकार र नेपाल हेमोफिलिया सोसाइटीले वा नीजि क्षेत्रले सुलभ मूल्यमा र सहज रुपमा फ्याक्टरहरु उपलब्ध गराउन सकेको खण्डमा नेपालमा नै हेमोफिलिया पीडितहरुलाई उपचार गर्न, जोर्नी प्रत्यारोपण गर्न र आर्थोस्कोपिक क्लिलिङ गर्न समेत सक्ने अवस्थामा रहेको समेत डाक्टर पन्तले जानकारी दिएका छन् ।

Grane-hospital    Grane-hospital-4 Grane-hospital-5