
काठमाडौं । गीतकार इखमान पुनमगरले ‘परेशीको दिन’ नामक एल्वम सार्वजनिक गरेका छन् । जन्मथलो रुकुम भइ हाल दाङको घोराहीमा बसोबास गर्दै आएका इखमानले आज काठमाडौंमा विशेष कार्यक्रम गरेर ‘परदेशीको दिन’ नामक एल्वम सार्वजनिक गरेका हुन् ।
आठ वटा गीत समावेश भएको एल्वममा सन्तोष श्रेष्ठसहितका संगीतकारले संगीत दिएका छन् । ब्रिटिश गोर्खामा रहँदा आफ्नो गाउँठाउँ र देशको माया तथा सम्झनामा सृजना गरिएका शब्दलाई उनले एल्वममा साभार गरेर ल्याएका हुन् ।
एल्वममा एउटा राष्ट्रिय गीत छ । अन्य सबै गीत बेदना र विछोडसम्बन्धी छन् । एल्वममा स्वरुप आचार्य, अञ्जु पन्त, मनोजराज लगायतले स्वर दिएका छन् ।



















प्रतिक्रिया