२८ आश्विन २०८३, बुधबार

सावधान ! सेल्फी खिच्दा पाँच वर्ष जेल बस्नुपर्ला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

selfie

काठमाडौं । पछिल्लो समयमा सेल्फीको क्रेज बढेको छ । जहासुकै जस्तोसुकै अवस्थामा पनि सबैले आजभोली सेल्फी फोटो खिचिहाल्छन् । र त्यो फोटोलाई सामाजिक सञ्जालमा पनि राखिन्छ ।

तर अब सेल्फी खिच्दा पाँच वर्ष जेल बस्नुपर्ने भएको छ । सेल्फी खिचेर सामाजिक सञ्जाल फेसबुक ट्विटरमा राख्ने क्रम बढेपछि सरकारले यो प्रविधिमा प्रतिबन्ध लगाएको हो ।

थाईल्याण्ड सरकारले सेल्फी खिच्ने महिलालाई तस्वीरहरु सामाजिक सञ्जालमा नराख्न चेतावनी दिएको हो । उसले महिलाले जथाभावी सेल्फी सामाजिक सञ्जालमा पोष्ट गर्दा नकारात्मक असर परेको भन्दै प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

निर्णय अनुसार थाइल्याण्डमा महिलाहरुले आफ्नो छाती र स्तनको सेल्फी खिचेर सामाजिक सञ्जाल राख्ने प्रचलन बढेको बताएको छ। त्यसैकारण सेल्फी र सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको हो ।

सरकारले यस्ता छाती र स्तन देखिएका र यौन उत्तेजना हुने सेल्फी तस्वीरहरु सामाजिक सञ्जालमा पोष्ट गरेको पाइए कम्पतीमा पनि पाँचवर्ष जेल हाल्ने चेतावनी दिएको छ ।

रिपोर्टअनुसार थाइल्याण्डमा पछिल्लो समय महिलाको सेल्फी मोह धेरै बढेको छ । र सेल्फीकै कारण लाजसरम हराएर नाङ्गै फोटो सामाजिक सञ्जालमा राखेर प्रचार गरिरहेका छन् । जसका कारण साइबर अपराध समेत बढेको छ । एजेन्सी