२९ आश्विन २०८३, बिहिबार

नेपाली बजारमा धून चल्नेमा ढुक्क छु : निर्देशक पौडेल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dhoon poster  यहि बैशाख १८ गतेबाट अलनेपाल प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित चलचित्र धूनका निर्देशक हुँन कृष्ण पौडेल । हुन त यो उनले निर्देशन गरेको डेव्यु चलचित्र पनि हो । आफु निर्देशित पहिलो चलचित्र भएपनि निकै मेहनतका साथ चलचित्र बनाएकोमा दर्शकले चलचित्र मन पराउनेमा उनि ढुक्क छन । जिवन लुइटेल , निता ढुंगाना , मुकेश ढकाल, उमा बेबि ,श्रेया दुलाल ,रमेश बुढाथोकि ,सुरविर पण्डित लगायतका विशेष भुमिका रहेको चलचित्रको रिलिज डेट नजिकिँदै गर्दा चलचित्रको सेरोफेरोमा रहेर निर्देशक पौडेलसंग दैनिक नेपालका लागि सुशिल नेपालले गरेको कुराकानिको सम्पादित अंश : 

धून फिल्म कस्तो बनेको छ ?

– मेरो तर्फबाट भन्दा चलचित्र अत्यन्तै राम्रो बनेको छ । अव नतिजाको लागि त केहि समय कुर्नु नै पर्ने हुन्छ । अव सबै दर्शकको हातको कुरा हो । दर्शकले माया गरिदिनुहुनेछ भन्नेमा ढुक्क छु ।

चलचित्रको रिलिज डेट नजिकिँदै गर्दा कस्तो अनुभुति गर्नुभएको छ ?

– यतिबेला म चलचित्रको प्रसारप्रचारको क्रममा छु । चलचित्र राम्रो बनेको छ त्यसैले चलचित्र चल्नेमा ढुक्क छु । कहिले चलचित्र प्रदर्शनमा आउला र दर्शकको राम्रो साथ पाउँला भन्नेमा आतुर छु ।

krishna 2सबै निर्देशकहरु आफनो चलचित्र चल्छ , राम्रो बनेको छ भन्छन तपाईको त अझ यो डेव्यु निर्देशित चलचित्र पनि हो । दर्शकले कसरि विश्वाश गर्ने कि चलचित्र चल्छ भनेर ?

– त्यहि त मैले पहिले पनि भनिसकेँ रिजल्ट आउँन बाँकि छ । अहिले सम्म जति पनि रेस्पोन्ष पाएको छु । सबैको राम्रै पाएको छु । म निर्देशित पहिलो चलचित्र भएपनि मैले निकै मेहनेतका साथ बनाएको छु ।

विशेष धून फिल्ममा के देखाउँन खोजिएको छ ?

फिल्म हामिले साँगितिक प्रेमकथालाई मुख्य विषयबस्तु बनाई निर्माण गरेका छौँ । फिल्म साँगितिक प्रेमकथामै घुमेको छ ।

चलचित्र निर्देशन गर्ने सोँच चाँहि कहाँबाट आयो नि ?

– चलचित्र क्षेत्रमा लाग्ने मेरो सानैदेखिको रुचि हो । यसअँघि पनि मैले केहि चलचित्रमा मुख्य सहायक निर्देशकको भुमिका निर्वाह गरिसकेको छु । त्यहि अनुभवले नै म राम्रो निर्देशन गर्न सक्छु भन्ने कन्फिडेन्टका साथ निर्देशन गरेको हुँ ।

चलचित्र चल्नुको आधार के जस्तो लाग्छ ,सन्देश कि मनोरञ्जन ?

– चलचित्रमा यो त्यो भन्दा पनि सबै कुराहरुलाई समेटन सक्नुपर्दछ । बिशेष त मनोरञ्जन । यहि सबै कुरालाई मिलाएर चलचित्र निर्माण भयो भने अवश्य पनि चलचित्र चल्छ ।

krishna 1

नेपालको चलचित्रको अवस्था कता गईराछ ? चलचित्र नचल्नुको कारण चाँहि के जस्तो लाग्छ ?

– नेपाली चलचित्रको अवस्था अहिले सामान्य छ । राम्रा चलचित्र चलेकै छन । जुन कुरा भर्खरै प्रदर्शनमा आएका नाइ न भन्नु ल ३ र हवल्दार सुन्तलि पनि पुष्टि गरिदिएको छ । चलचित्र नचल्नु भनेको नराम्रो भएर नै हो ।

एक्सन कट गर्न सुरु गरिसक्नु भयो कहिलेसम्म गर्ने एक्सन कट् ?

– मेरो लक्ष्य भनेकै नेपालि चलचित्र क्षेत्रमा केहि गर्नु हो । अव यो शरिर रहुन्जेल जे गरिन्छ चलचित्र क्षेत्रमै गर्ने हो । जे गर्ने चलचित्र क्षेत्रमै गर्ने सोँच छ ।

थोरे प्रसङग बदलौँ हजुर विबाहित कि अबिवाहित ?

अबिवाहित

बिहे चाँहि कहिले गर्ने ?

– विहे का लागि के नै हतार भो र , २/४ वटा चलचित्र निर्देशन गरीसकेपछि गर्नुपर्ला नि ।

अन्तमा दर्शकका लागि के भन्नुहुन्छ ?

– चलचित्र धून यहि बैशाख १८ गतेबाट तपाईको नजिकका हलहरुमा आउँदैछ । धून तपाईहरुले नै माया गरेर चर्चामा रहनुभएका निता जि र जिवन जिको साँगितिक प्रेम कथामा आधारित चलचित्र हो । सबैले चलचित्र हेरिदिनुहोला । हजुरहरुले चलचित्र हेरेर माया गरिदिनुभयो भने आगामि दिनमा पनि राम्रा चलचित्र लिएर आउँन सक्छौँ । दर्शक भनेको नै हाम्रा भगवान हुन र धून चलचित्रका लागि पनि भगवानको आर्शिवाद र वरदानको खाँचो छ , सबैले माया गरेर एक पटक चलचित्र धून हेरिदिनुहोला भन्न चाहान्छु ।