काठमाडौं, ४ वैशाख । चर्चित हलिउड स्टार मिचेल योह नेपाल आउने भएकी छन् ।
मलेसियामा जन्मेकी मिचेल सन् १९९० को सुरूआतमा हङकङको एक्सन फिल्ममा ज्याकि च्याङसँग अभिनय गरेर चर्चामा आएको कान्तिपुर दैनिकले छापेको छ ।
पश्चिमी फिल्म जगत्मा भने उनी सन् १९९७ को जेम्स बोन्ड फिल्म टुमरो नेभर डाइजमा अभिनय गरेर स्थापित भएकी थिइन् । बुद्ध धर्म मान्ने चर्चित हलिउड स्टारमा उनी पर्छिन् ।
५२ वषिर्य ग्लोबल स्टार वैशाख १०/१३ गतेसम्म काठमाडौंमा हुन लागेको फेडेरेसन इन्टरनेशनल फर अटोमोबाईल (एफआईए) अन्तरगत एफआईए स्पोट्र्स रिजनल कंग्रेसमा सहभागि हुन आउन लागेकी हुन् ।















प्रतिक्रिया