२९ आश्विन २०८३, बिहिबार

राइफल पड्काएर अमेरिकामा धुर्मसले गरे मेरी बास्सैको छायांकन (हेर्नुस भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mery-bassi-2– विकासराज न्यौपाने

अस्टिन टेक्सास । नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको बहुचर्चित हास्य टेलिश्रृखला मेरी बास्सैका कलाकार र निर्देशक तथा नेपाल सरकारको सरसफाई दुत सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) एतिबेला आफ्ना प्रस्तुतीहरु लिएर अमेरिकाका बिभिन्न सहरहरूमा बसोबास गर्ने नेपालीहरू समक्ष प्रस्तुत हुदै छन् ।

उनीहरूका प्रस्तुतिहरु सँगसँगै आफ्नो सरसफाई अभियानलाई पनि सफल पर्न सहयोग र समर्थन को अपेक्षा गरेका छन् । भर्जिनिया, बोस्टन तथा टेक्सास राज्यका विभिन्न सहरहरु गरी ५ स्थानमा गरिएको कार्यक्रममा देश बनाउने उद्देश्यका लागि भनी नेपाली समुदायले स्वतःस्फुर्त रूपमा व्यापक आर्थिक सहयोग गर्दै अहिले सम्म करिब १३ लाख प्राप्त भएको बताए ।

धुर्मुस र सुन्तलीले कार्यक्रमको अतिरिक्त सरसफार्इ अभियानलाई व्यापक सचेतना गरी रहेका छन् भने देश सरसफार्इ अभियानलाई अमेरिकामा रहेका नेपाली समुदायले पनि उत्तिकै अभिरुचि देखाई आर्थिक सहयोग गरेका छन् । उनीहरूको भनार्इ अनुसार राजधानीको रिंग रोड लगायत पूर्व पश्चिम राजमार्गहरुमा चर्पी नबनाए सम्म खुल्ला दिशा पिसाब मुक्त क्षेत्र घोषणा गर्न असम्भव छ तेसैले ती ठाउँहरूमा चर्पी बनाउनकै लागि पनि ठुलो धन राशिको आवश्यकता हुन्छ ।

देश बनाउने जिम्मा हामी सबैको हो । हामी अमेरिकापछि अस्ट्रेलिया पनि जाने योजना रहेको धुर्मुसले बताए भने अन्य देशमा पनि यो अभियानलाई सशक्त रूपमा हामी अगाडी बढाउने छौ ।

देश सरसफाई अभियानको मूल नारा ‘सबै जना सबै दल, सरसफाइमा लगाऊ बल’ भन्ने रहेको धुर्मुसले बताए । राजनीतिक परिवर्तनको लागि पटक पटक सडकमा आउनुभयो, अब देश परिवर्तनका लागि एकपटक जुट्न सम्पूर्ण नेपालीहरूलाई हामी जोडी धुर्मुस र सुन्तलीले आब्हान गरेको छ ।

धुर्मुस अगाडी भन्छन् हामी जुनको दोस्रो हप्ता सम्म अमेरिकामा हुनेछौ नेपाली समुदायले धेरै सहयोग गर्ने छन् भन्ने विश्वास राखेका छौ । हामी सबै नेपाली समुदायसँग देश सफाई गर्ने अभियानको चर्चा परिचर्चा चलाउने छौं ।

नेपाली समुदायले हाम्रो यो अभियानलाई होस्टेमा हैसे गर्नु हुन्छ भन्ने हामीलाई विश्वास लागेको छ, सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ एक साथ बताउँदछन् । अमेरिकामा आर्थिक सहयोग गर्ने बुद्धिजीवी, ब्यबसायी, उद्योगपति, विद्यार्थी तथा विभिन्न पेसामा संलग्न हुने सबै वर्गलाई नेपाल सरकारको सरसफाई अभियानको दुतको हैसियतले धन्यवाद दिन चाहन्छौ ।

त्यो अभियानको बारेमा यहाँ मात्र नभई विश्वभर रहनु हुने सबै नेपाली समुदायमा पुगोस भन्ने हाम्रो चाहना रहेको छ ।

यसै सिलसिलामा टेक्सासको अस्टिन सहरमा मेरी बस्सैको नियमित छायांकन सुरु गरिएको छ । अमेरिकामा भएका विभिन्न विषयहरूमा हास्येब्यङ्ग मार्फत मनोरंजन दिन खोजिएको धुर्मुस र सुन्तलीले जानकारी गराए ।

यसै सिलसिलामा मेरी बस्सैको ८०औंं भागबाट राइफल पड्काएर थेगो सहित आफ्नो अभिनय यात्रा सुरु गरेका कलाकार शंकरराज वाग्ले (एसराज) पनि करिब ७ वर्षपछि फेरी मेरी बास्सैबाट आफ्नो अभिनय सुरु गरेका छन् ।

अमेरिकामा मेरी बास्सैको छायांकन हिमालय खबर डककमका प्रधान सम्पादक विकासराज न्यौपानेले गरेका छन् ।

हेर्नुहोस् यसै सुटिंग सिलसिलामा कलाकारहरू सँग गरिएको कुराकानीको भिडियो :

शुटिङका क्रममा खिचिएका तस्वीरहरु हेर्नुहोस् यसप्रकार छन् । 

meri-bassai-news mery-bassi mery-bassi-1 mery-bassi-3 mery-bassi-4 mery-bassi-5