२९ आश्विन २०८३, बिहिबार

‘समवेदना दिएँ’ र ‘शंका’ ल्याउने तयारीमा लम्साल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

basant 2

– सुशिल नेपाल

पाल्पा । बसन्त लम्साल बुटबलमा रहेर गीतसंगित क्षेत्रमा संघर्षरत एउटा चर्चित कलाकारको नाम हो । अर्घाखाँची जिल्लाको पालि ५ मा जन्मिएका लम्साल बुटबललाई कर्मथलो बनाई बिगत ३ बर्षदेखि निरन्तर गीतसंगित क्षेत्रमा सक्रिय छन् ।

‘बिछोडको घाउ’ नामक एल्बम निकालेर गीतसंगित क्षेत्रमा लागेका उनले हालसम्म ५ वटा एल्वम बजारमा ल्याइसकेका छन् । पछिल्लो समयमा स्थानिय स्तरमा हुने मेला महोत्सव तथा अन्य जिल्लामा हुने स्टेज कार्यक्रममा समेत उनको व्यस्तता बढदो छ ।

स्टेज कार्यक्रमका लागि रुपन्देही, अर्घाखाँची, गुल्मी, कपिलबस्तु, रोल्पा, नेपालगन्ज लगायतका स्थानमा उनले आफनो प्रस्तुति देखाइसकेका छन् ।

लोक तथा दोहरी गायकको रुपमा आफुलाई स्थापित बनाइसकेका लम्सालले भर्खरमात्र ‘प्रपोज सुुरु गरे’ नामक गीतको म्युजिक भिडियो बजारमा ल्याएका छन् । ‘तिम्रो लोभै लाग्दो जवानीमा मरेँ, कालि भन्न प्रपोज सुरु गरेँ, डार्लिङग बन्न प्रपोज शुरु गरेँ’ बोलको उक्त गीत यतिबेला बजारमा समेत चर्चामा रहेको छ ।

उक्त गीतमा बसन्त लम्साल र शुष्मा कुवँरको स्वर, घनश्याम शर्माको शब्द र बसन्त लम्सालकै लय रहेको छ । अब चाँडैनै नयाँ एल्बम ‘समवेदना दिएँ’ र ‘शंका’ बजारमा ल्याउने तयारी गरिरहेको लम्सालले बताए ।

basant 1