काठमाडौं । मोहन निरौलाको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘जन्मभुमी’ बैशाख ११ बाट एक हप्ता धकेलिदै बैशाख १८ मा मात्र प्रदर्शनमा आउने भएको छ । प्रबिधिक कार्य केही बाँकी रहेको र पब्लिसिटीका लागी पनि अझै उपयुक्त हुने भन्दै निर्माण टीमले नयाँ रिलिज डेट सार्वजनिक गरेको हो ।
खासगरी सामाजिक कथामा केन्द्रित जन्मभुमीमा राष्ट्रप्रेम झल्काइएको चलचित्र भएको बताईएको छ । राष्ट्रिय भावना, माटोका कुरा, सामाजिक रुपमा राजनीतिक अतिक्रमण, थिचो मिचो, वाह्य हस्तक्षेप एवं जनजिवनका विविध पक्षमाथी चलचित्र निर्माण गरिएको साथै चलचित्र जन्मभुमी मौलिक नेपाली चलचित्र हुनुको साथै मौलिक नेपाली जनजीवनको कथा समेटिएको चलचित्र भएको निर्देशक मोहन निरौलाले बताए ।
निर्देशक निरौला भन्छन–‘मैले यसमा आफ्ना अनुभवलाई प्रयोग गरेर फिल्म मार्फत दर्शकलाई राष्ट्रियता बोध गराउने प्रयत्न गरेको छु, हेरौ कतिको सफल हुन्छु ।’ यसमा उनको निर्देशनसंगै लेखन र अभिनय पनि रहेको छ ।
चलचित्र जन्मभुमीमा निश्मा घिमिरे, विनोद श्रेष्ठ, अनु शाह, ओम प्रतिक, केशव भट्टराई, उत्तम केसी, सगुन श्रेष्ठ, रमेश अधिकारी, बिएस लामिछाने र मोहन निरौलाको मुख्य भुमिका रहेको छ ।
चलचित्रमा विश्वकै कान्छा निर्देशक तथा बाल कलाकार सौगात विष्ट एवं नव कलाकारको रुपमा जेवीका कार्की र अग्रीम गीरी रहेका छन् । चलचित्रमा चेतन कार्की, पुण्य निरौला एवं शान्तिप्रियले गीत लेखेका छन् ।
युवराज राईको छायाङकन, शंकर विसीको नृत्य निर्देशन, बिपिन मल्ल को सम्पादन एवं अष्ट महर्जनको द्वन्द्व जन्मभुमीमा रहेको छ । चलचित्र जन्मभुमीका कास्टिङ डाइरेक्टर पत्रकार शान्तिप्रिय हुन् ।
अम्बिका गिरीको प्रस्तुति चलचित्रमा सुरज गिरीको लगानी रहेको छ । यस अघि थुप्रै टेलिश्रृंखलाको लेखन, निर्देशन अभिनय तथा चलचित्रको प्रसस्त लेखन तथा अभिनय गरेका मोहन निरौलाले यस अघि पुकार र २०५२ सालमा पनि जन्मभुमी’ नामक चलचित्रकै निर्देशन गरेका थिए । चलचित्र जन्मभुमीलाई उपत्यका बाहिर एफडी कम्पनि र उपत्यका भित्र सुनिल मानन्धरले वितरण गर्दैछन् ।


















प्रतिक्रिया