२९ आश्विन २०८३, बिहिबार

राजधानी जाने परम्परा तोड्दै मोफसलमा रमाउँदै कृष्णबाबु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

krishna babu 1

– सुशिल नेपाल
पाल्पा । मोफसलमा रहेर मोडलिङ गर्नेहरुमध्येमा छुटटै नाम र परिचय बनाइसकेका कलाकार हुन कृष्णबाबु । मोफसलको मोडलिङको दुनियाँमा उनको नाम अग्रपंक्तिमै आउँछ ।

बुटबललाई कर्मथलो बनाई निरन्तर मोडलिङमा सक्रिय चम्किलो गोरो अनुहार, जतिबेला नि हँसिलो देखिने उनको मुहारको चर्चा यतिबेला राष्ट्रिय स्तरमा पनि बढदो छ । बुटवलमा बसेर पनि राष्ट्रिय चर्चा कमाएका उनको व्यस्तता पछिल्लो समयमा झन बढदै गइरहेको छ ।

उनले मनिष पन्थद्धारा निर्देशित उर्वशि र डिभोर्स चलचित्र तथा दर्जनौँ म्युजिक भिडियोमा आप्mनो कलाकारिता देखाइसकेका छन । स्याङजाको बिर्घा गाविसमा जन्मेर बुटवललाई कर्मथलो बनाएर निरन्तर मोडलिङमा सक्रिय उनि आरजे र भिजेका रुपमा पनि आफुलाई निरन्तर अगाडि बढाइरहेका छन ।

kb 3एकनारायण भण्डारिको लय शव्दमा ‘सांसदको छोरो’ बोलको तिजको गितमा मोडलिङ गरि मोडलिङको दुनियाँमा प्रवेश गरेका उनि त्यसपछि एकपछि अर्को गर्दै हालसम्म दर्जनौ म्युजिक भिडियोमा मोडलिङ गरिसकेका छन ।

उनले मोडलिङ गरेका अञ्जु पन्तको स्वर रहेका ‘जवसम्म मैले शास फेरिरहन्छु’, स्वरुपराज आचार्यको स्वरमा ‘छातिभरि भाला रोपि’ प्रमोद खरेलको स्वर रहेको ‘भे्टनै हुन्न कापि कलम’ लगायतका गीतहरु चर्चामा शिखरमा रहेका छन ।

krishna babu 2आफुलाई यो क्षेत्रमा सधै प्रोत्साहन र सहयोग गरिरहने मोफसलमा रहेर अत्याधिक म्युजिक भिडियो निर्माण गर्ने अविरल फिल्मस् प्रा.लिका प्रबन्धक एवं निर्देशकका रुपमा आफुलाई अब्वल बनाइसकेका निर्देशक बिष्णु भटराई साथै दाजुहरु युवराज घताने र सुरज कुमार लम्साललाई सधै सम्झिरहने उनी बताउँछन् ।

उनले मोडलिङ गर्नकै लागि राजधानी जानुपर्ने मान्यतालाई तोडदै मोफसलमा रहेर पनि संघर्ष गर्ने हो भने राम्रो र सफल कलाकार बन्न सकिने पुष्टि गरिसकेका छन् ।