बेल्जियम । क्षेत्री समाज बेल्जियमले नेपाली नया बर्ष २०७२ सालको अवसरमा बेल्जियमको लुभेन शहरमा गत सोमबारका दिन शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा समाजका अध्यक्ष मोहन खत्रीले प्रवासमा रहेर पनि क्षेत्री सामाज बेल्जियमले आफ्नो स्थापना काल देखि बिदेशमा रहेर पनि नेपाल नेपालीको सस्कृति झल्कने बिभिन्न कार्यक्रम गर्दै आएको र यस बर्ष पनि नेपाली नया बर्ष उमंग संगै जो जहा रहे पनि नेपाली सास्क्रितिलाई भुल्न नहुने र यसलाई क्षेत्री समाज बेल्जियमले निरन्तरता दिदै आएको बताउदै साथै सबैलाई नयाँ बर्षको शुभकामना दिएका थिए ।
उक्त कार्यक्रममा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषद सदस्य जानकी गुरुङले आफ्नो शुभकामना मन्तब्य दिदै नेपाल देखि टाढा रहे पनि क्षेत्री समाज बेल्जियमले नेपाली बर्ष मनाउदै आएको र यसलाई निरन्तरता दिदै भावी पिडी हरुलाई पनि हाम्रो सस्कृति प्रति उन्मुख गराउनुपर्नेमा जोड दिएकी थिइन ।
ईन्द्रधनुष क्लब बेल्जियमका अध्यक्ष सुर्य ढकालले व्यस्तताका बाबजुत पनि आफ्नो कला सस्कृति जोगाई राख्न का निमित्त क्षेत्री समाज बेल्जियमले बिगत देखि बेल्जियममा रहेका नेपालीहरुलाई एकताबद्ध गराई प्रवासमा भए पनि स्वदेश कै झल्को दिने कार्यक्रम हरु गर्दै आएकोमा बिशेष धन्यबाद दिदै नयाँ बर्षको शुभकामना व्यक्त गरेका थिए ।
त्यसैगरी एनआरएनए बेल्जियमका महासचिव माधव सापकोटा तथा सल्लाहकार बोधराज पौडेलले नया बर्षको शुभकामना व्यक्त गरेका थिए ।
बिशेष गरी शुभकामना प्रदान सहितको कार्यक्रमा आनेसास बेल्जियमका दिपेन्द्र केसी, बिपी स्मृति प्रतिष्ठानकी सीता सापकोटा, चितवन सहायता कोषकी पार्वती अधिकारी, सांग्रीला समाजका परमानन्द सापकोटा लगायत बिभिन्न संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु सहित अन्य महानुभावहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा समाजको तर्फ बाट नया बर्षको शुभकामना सहित उपस्थित महानुभावलाई यशोदा थापाले स्वागत गरेकी थिईन् । कार्यक्रम सस्थाका महासचिव नगेन्द्र बस्नेतले सञ्चालन गरेका थिए ।
सहभागिहरुले एक अर्का बीच शुभकामना आदान प्रदान सहित रमाईलो नाँचगान गरी मनाएका थिए । क्षेत्री समाज बेल्जियमले भब्य सास्कृतिक कार्यक्रम सहित आगामी दशैँ कार्यक्रमको बिशेष आयोजना गरी मनाउने तयारी गरेको समेत जानकारी गराएको छ ।















प्रतिक्रिया