२९ आश्विन २०८३, बिहिबार

नयाँ वर्षमा दिपकले रातो गुलाब दिएर दिपालाई भने–‘आइ लभ यू’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

deepa-deepakकाठमाडौं । नेपाल टेलिभिजनको चर्चित हास्य टेलिश्रृखला ‘तितो सत्य’ कलाकार जोडी दिपकराज गिरी र दिपाश्री निरौलाबीच बेला बेला प्रेम र विवाहको सम्बन्धले चर्चा परिचर्चा हुने गर्दछ ।

केही समय अघि अष्ट्रेलियामा यो जोडी खुबै रमाएको थियो । दिपक विवाहित पुरुष हुन् भने दिपाले अहिलेसम्म विहे गरेकी छैनन् । दिपाले विहे नगर्नुको कारण दिपकसँगको माया प्रेम नै हो भन्ने पनि गरिन्छ ।

त्यो माया बेला बेला यि दुबैले झल्काइरहेका हुन्छन् । भर्खरै मात्र नयाँ वर्षको अवसरमा दिपकले दिपालाई फुल दिएर आफ्नो माया झल्काएका छन् । नयाँ वर्ष एकले अर्कालाई फुल दिएर मनाएका हुन् ।

फुल दिँदै दिपकले दिपाश्रीलाई भनेका छन्-‘ह्याप्पी न्यू इयर एण्ड आइ लभ यू दिपा ।’ जवाफमा दिपाले भनिन्–धन्यवाद तिमिलाई पनि नयाँ वर्षको शुभकामना लभ यू टु ।’

यि कुरा मायाप्रेमका हुन् वा नयाँ वर्ष मनाउन गरिएका क्रियाकलाप त्यो उनै जानुन् । तर, दिपक र दिपाश्रीबीच सम्बन्ध रहेको कुरा बेला बेला खुबै चर्चा हुने गर्छ ।