– त्रिलोचन कोइराला
यूएई । हाल दुबईमा छायांकन भइरहेको चलचित्र ‘राजा’ मा नेपालमा चर्चित नायक निखिल उप्रेती राजा बन्ने भएका छन् । चलचित्रमा निखिललाई दुबईको राजाको भुमिका देख्न सकिने छ ।
यस्तै, स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको अन्तिम तथा नेपाली चलचित्रको इतिहासकै सर्बाधिक सफल चलचित्र कोहिनुर दुबईमा प्रदर्शनको सम्पूर्ण तयारी सकिएको आयोजकले बताएका छन ।
प्रचारप्रसार तिब्र भइरहेको बताउदै आयोजकले चलचित्र प्रर्दशनको समयमा राजा चलचित्रको निर्देशक दिपक खाँडको बिशेष उपस्तिथी हुने जनाएका छन ।
नेपाली चलचित्रका निर्देशक दिपक खाँड नयाँ चलचित्र ‘राजा’को छायांकनको लागि लोकेशन हेर्न दुबई आएका छन् । राजामा निखिल उप्रेती, सबिन श्रेष्ठ, जयकिशन बस्नेत, जीके शर्मा आदिको अभिनय रहने भएको छ ।
खाँड संगै नायक जेके शर्मा नायिका पुजा भाटको पनि कोहिनुर प्रदर्शनमा उपस्तिथी हुने आयोजकले बताएका छन् ।
यूएर्इमा बहुप्रतिक्षित नेपाली चलचित्र कोहिनुर आगामी अप्रिल १७ तारिक दुबईको गोल्डेन सिनेमा हलमा दिउसो १ बजे प्रदर्शन हुने भएको छ ।
युएर्इका लागि कोहिनुर चलचित्रका आधिकारिक वितरक एभरेष्ट इन्टरनेसनल कन्सल्टेनसीका प्रोपाइटर सालीक सुवेदी हुन् भने चलचित्रको प्रदर्शन ब्यबस्थापनको जिम्मा ग्लोबल ब्रिज कन्शलटेनटका प्रोपाइटर ज्ञानेन्द्र बहादुर कार्कीले लिएका छन ।
अष्ट्रेलिया, मलेसिया, अमेरिका द कोरिया लगायतका देशमा प्रदर्शन भैसकेको यस चलचित्र अब दुबईमा प्रदर्शन हुन लागेको हो ।
नेपाली कला संस्कृतिलाई माया गरि सदावहार स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठलाई श्रद्धाञ्जली अर्पण गर्न पनि उक्त दिन चलचित्र हेरिदिन आयोजकले सम्पूर्ण युएईबासी नेपालीहरुलाई आग्रह गरेको छ ।




















प्रतिक्रिया