– बीरबहादुर गिरी
जाजरकोट २९ चैत । अज्ञात रोग प्रकोप फैलिएको जाजरकोटको दुर्गम गाउँमा आइतबार औषधि र स्वास्थ्यकर्मीको टोली पुगेको छ ।
रोगबाट एक दर्जनको मृत्यु र सयौ बिरामी परेपछि सरकारले आइतबार औषधि सहितको स्वास्थ्यकर्मीको टोेली जिल्लामा पठाएको हो ।
स्वास्थ्य मन्त्री खगराज अधिकारी सहितको सरकारी टोलीले प्रकोप प्रभाबित क्षेत्रको स्थलगत अनुगमन निरक्षण गरेको छ । प्रकोपबाट धेरै प्रभाबित पैंक, पजारु र सक्ला गाविसमा औषधि सहित स्वास्थ्यकर्मीको टोली पुर्याएको हो ।
नेपाली सेनाको हेलीकप्टरबाट प्रकोप प्रभाबित ती गाविसमा औषधि र स्वास्थ्यकर्मी छोडिएको मन्त्री अधिकारीले बताएका छन । मन्त्री अधिकारीले रोग नियन्त्रणमा नआउन्जेल प्रभाबित क्षेत्रमा बस्न स्वास्थ्यर्मीलाई निर्देशन समेत दिएका छन ।
प्रकोपबाट धेरै प्रभाबित पैंकमा डा. डबल बिसी, पजारुमा प्रणिल प्रधार र सक्लामा गुणनिधि शर्माको टोली बिरामीको उपचार रोग पहिचानमा जुटेको स्वास्थ्य सचिब शान्तबहादुर श्रेष्टले बताए ।
मन्त्री अधिकारी सहितको सरकारी एक टोली प्रकोप प्रभाति क्षेत्रको अनुगमन निरिक्षणपछि रोगको पहिचानको लागि बिरामीको स्याम्पल लिएर आइतबार नै राजधानी फर्किएको छ ।
टोलीमा जाजरकोटका सभासद राजिब बिक्रम शाह, शक्ति बस्नेत र रीता रावल स्वास्थ्य सचिब शान्तबहादुर श्रेष्ट, सह सचिब रघुराम बिष्ट रहेका छन । मन्त्रीले अधिकारीले स्याम्पलको परिक्षणपछि ७२ घण्टाभित्र रोगको पहिचान गरी आबश्यक थप पहल गर्ने बताएका छन् ।
दुई सातादेखि फैलिएको प्रकोपबाट हालसम्म १२ जनाको मृत्यु भएको छ । पैंकमा ८ जना, अछार्नीमा १ टालेगाउँमा १ नायकवाडामा १ र मजकोट गाविसमा १ जनाको मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक दिनेशराज मैनालीले जानकारी दिएका छन् ।
अहिलसम्म एक हजार बढिको उपचार गरिएको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले जनाएको छ । प्रभाबित क्षेत्रमा अझै सयौं बिरामी परेका छन् । प्रकोप फैलन क्रम नरोकिएपछि स्थानीय त्रसित भएका छन ।
शुरुमा बिरामीलाइ टाउको, छाति र हात खट्टा दुख्ने, वाकवाकी लाग्ने र ज्वरो आउने र मृत्यु हुने गरेको स्थानीयले बताएका छन् । प्रकोप नियन्त्रणमा आवश्यक ब्यबस्था गर्न क्षेत्रिय स्वास्थ्य निर्देशक राजेन्द्र पन्त केही दिनको लागि जाजरकोट बसेका छन् ।
छाती रोग बिसषज्ञ समेत रहेका निर्देशक पन्तले आफु जिल्लामा बसेर बिरामीको उपचारमा समेत खटिने बताएका छन् । सरकारले चिकित्सक सहित औषधि उपचारको ब्यबस्था गाउँमै गरेपछि प्रकोप प्रभाबित क्षेत्रका स्थानीय त्रासबाट मुक्त भएका छन । ।













प्रतिक्रिया