काठमाडौं । प्रविधिको विकासँगै अनेक कुराहरु पत्ता लगाउन सकिने भएको छ । भर्खरै वैज्ञानिकहरुले आफ्नो प्रेमी प्रेमिकाले माया गरेको नगरेको जाच्नका लागि नयाँ प्रविधि पत्ता लगाएका छन् ।
मुखले एक अर्कालाई माया गर्छु भने पनि मा भित्रको कुरा बुझ्न सार्है गाह्रो हुने हुँदा एक अध्यनले आफुलाई कसैले माया गर्छ कि गर्दैन भन्ने सजिलो शुत्र पत्ता लगाएको हो ।
तपाइँको जीवनसाथीले तपाइँलाई प्रेम गर्छ कि गर्दैन भन्ने कुरा सजिलै पत्ता लगाउन सकिने भएको हो । चीन र अमेरिकाको न्यूयोर्क युनिभर्सिटीका शोधकर्ताहरुले प्रेमी प्रेमिका वा पति पत्निबीच प्रेम भए नभएको पत्ता लगाउन सकिने प्रविधीको आविस्कार गरेको दावी गरेका हुन् ।
यस्तो प्रविधीबाट एक अर्काको प्रेम मापन गर्न सकिने उनीहरुको दावी छ । उनीहरुले एक एमआरआइ गरेर मानिसको दिमागको त्यो भागको जाँच गर्नेछन् जो प्रेमको समयमा अधिक सक्रिय हुन्छ ।
प्रेममा भएको समयमा सक्रिय हुने मस्तिस्कको उक्त भाग जाँच गरेर कसले कसलाई कति प्रेम गर्छ भन्ने जाँच्न सकिने शोधकर्ताहरुको दावी छ । एजेन्सी













प्रतिक्रिया