काठमाडौं । निरन्तर सफलताको बाटोमा लम्किरहेकी नायिका प्रियंका कार्की आइटम गर्ल बनेकी छिन् । चलचित्र ‘लुटेरा’को आइटमा गीतमा प्रियंका कम्मर मर्काएर नाचेकी हुन् ।
‘लुटेरा’मा उनको जवानी छताछुल्ल भएको छ । ‘ब्लास्ट भयो मेरो जवानी’ बोलको गीतमा प्रियंकाले आफ्नो जवानीलाई बलाष्ट गरेकी छिन् । उनले आइटम डान्स गरेकी हुन् ।
नक्सालको बाल मन्दिरको हलमा प्रियंकाले आफ्नै कोरियोग्राफीमा यो गीतको छायांकन गरेकी हुन् । बसन्त कुमार श्रेष्ठ र गोपाल कायस्थले मिलेर बनाएको यो फिल्ममा निखिल उप्रेती, निशा अधिकारी, सविन श्रेष्ठ, हर्षिका श्रेष्ठले मुख्य भूमिका रहेको छ ।




















प्रतिक्रिया