२८ आश्विन २०८३, बुधबार

मिनिस्कर्ट लगाउन नपाएपछि विद्यार्थी ‘नाङ्गै’ प्रदर्शनमा उत्रिए

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Students at the Hungarian univercity of Kaposvar town attend class wearing their underwear only on October 3, 2013 in protest against a harsh dress code decreed by the college head. In a letter to students Wednesday the rector of Kaposvar University in southwest Hungary wrote that a conservative dress code -- dark suits and shoes for men; jacket, blouse and trousers or long skirts for women -- must be adhered to when attending classes or exams.  AFP PHOTO / STR        (Photo credit should read STR/AFP/Getty Images)काठमाडौं । विश्वविद्यालयले विद्यार्थीहरुका लागि पोशाकमा कडा नियम लगाएको विरोधमा हंगेरीको एक विश्विद्यालयका विद्यार्थी कक्षाकोठा भित्रै नांगिएका छन् । विद्यार्थीको उक्त निर्वस्त्र विरोध प्रदर्शनमा एक जना प्राध्यापकले पनि साथ दिए ।

कपोस्वार विश्वविद्यालयले आफ्नो कला संकायका विद्यार्थीलाई उत्तेजक कपडा लगाएर क्याम्पसमा आउन रोक लगाएपछि विद्यार्थीहरु निर्वस्त्र विरोध प्रदर्शनमा उत्रिएका हुन् ।

विश्वविद्यालयले खासगरी छात्राहरुलाई वक्षस्थल बढी देखिने तथा तिघ्रा देखिने गरी मिनिस्कर्ट लगाउनमा बन्देज लगाएको थियो ।

तर यस्तो नियमको विरोधमा बिहिबार १० जना छात्रछात्राले कक्षा कोठाभित्रै नांगिएर ससक्त विरोध जनाए । त्यसक्रममा युवतीहरुले किताबले आफ्नो गोप्य अंग ढाक्ने प्रयास गरेका थिए । नांगिने केटीहरुलाई केटाहरुले पनि साथ दिए र साथमा एक जना शिक्षक पनि नांगिए ।

विद्यार्थीहरुले आफ्नो यो निर्वस्त्र विरोध प्रदर्शनको एक भिडियो समेत खिचेका छन् र स्थानीय एक समाचार साइटमा अपलोड गरेका छन् । विद्यार्थीहरुले क्याम्पसको नियमको विरोधमा सोमबार पनि यस्तै निर्वस्त्र प्रदर्शन गर्ने बताएका छन् । एजेन्सी